काठमाडौं । आज सोमबार सुनको मूल्य सामान्य रहेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि छापावाल सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि यथावत लागेको छ।
आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि यथावत रहेको छ । आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



