ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो। हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महशुस भएको थियो।

भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका छन्। ताइपेईको भूमिगत रेल बन्द गरिएको छ। भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
सुरूमा ६.१ मा म्याग्निच्युडको भनिए पनि पछि त्यो सच्याएर ६.७ बनाइएको थियो।



