आचार्य चाणक्य, जसले आफ्नो कुटनीतिको बलमा साधारण चन्द्रगुप्तलाई राजा बनाइदिएका थिए । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ ।

धन खर्च गर्दा सोंच विचार गरौं

धन आफैमा पूर्णता होइन । तर, यसले हाम्रो जीवनका अभाव र आवश्यक्ताहरु परिपूर्ति गर्न सघाउँछ । जब धन हुँदैन, हामी थुप्रै कुराको उपभोगबाट बञ्चित हुन पुग्छौं । सामान्य दैनिकी पुरा गर्न पनि हामीलाई धन चाहिन्छ । धनले सुख दिदैन, तर सुख प्राप्त गर्ने साधनहरु दिन्छ । धनले स्वस्थ्य बनाउँदैन, तर स्वस्थ्य जीवन यापनका लागि आवश्यक्ताहरु पुरा गरिदिन्छ । तर, धन त्यही मात्र हो, जो नितान्त तपाईंको बलबुतोले कमाइ गरिएको होस् ।

अर्कालाई झुक्याएर, छलेर, लुटेर कमाएको धनले तपाईंलाई कहिले पनि सुख र सन्तुष्ट दिदैन । बरु, त्यसले सधै शंका, भय, त्रास, मोहको दलदलमा फसाइदिन्छ । त्यसैले धन आफ्नो पसिना, बुद्धि-विवेकबाट आर्जन गरेको हुनुपर्छ । यसरी कमाएको धनले मात्र तपाईंको मनलाई शितल तुल्याउँछ । अन्य ढंगले आर्जन गरेको धनले तपाईंको मनलाई पोल्छ ।

जब हामी आफ्नो श्रम, आफ्नो लगाव, आफ्नो मेहनत, आफ्नो विवेक प्रयोग गरेर धन आर्जन गर्छौं, संञ्चय गर्छौं, त्यो धनले हामीलाई शक्ति दिन्छ । अतः यसरी आर्जन गरेको धन त्यही कुरामा खर्च गरौं, जसले सकारात्मक नतिजा दिन्छ । आफ्नो स्वस्थ्यका लागि, शिक्षाका लागि, घर-घडेरीका लागि, सुख-सुविधाका लागि खर्च गर्न सकिन्छ । तर, यसरी खर्च गर्दा सोच विचार गर्नुपर्छ कि, आफुले जुन कुरामा धन खर्च गरिदैछ त्यो कति उपयोगी छ ?

मदिरापान गर्ने, जुवातास खेल्ने जस्ता कुरामा आफ्नो आर्जन वा मेहनतको कमाई खर्चनु हुँदैन । त्यसो गर्नु भनेको हाम्रो वुद्धि भ्रष्ट हुनु हो । जब वुद्धि भ्रष्ट हुन्छ, हामी मान्छेको खोल पहिरिएका राक्षस जस्तो हुन पुग्छौं । वुद्धि भ्रष्ट भएपछि हामी कुकर्ममा लाग्र्छौं, हिंसामा लाग्छौं । जीवन नष्ट हुन्छ । खुसी र सुखहरु टाढा भाग्छन् । दुख, भय, लोभ आदिले सताउन थाल्छ ।

चाणक्यले भनेका छन्, ‘कुबेरले पनि आफ्नो आयभन्दा बढी खर्च गर्न थालेमा कंगाल हुनेछ ।’ अर्थात धन खर्च गर्दा आवश्यक्ताको प्राथमिकतालाई ध्यानमा राखेर खर्च गर्नुपर्छ । कुन अति आवश्यक कुरा हो, कुन नभई नहुने कुरा हुन्, कुन कुरा नभए पनि हुन्छ । यस्ता कुरामा ध्यान दिएर मात्र खर्च गर्नुपर्छ । धन आर्जन गरौं । बचत गरौं । संयमित भएर खर्च गरौं ।

अल्छीपन त्यागौं

हाम्रो सबैभन्दा ठूलो सत्रु को होला ? कसले हामीलाई प्रगति गर्नमा बाधा पुर्‍याएको होला ? कसले हाम्रो अनमोल समय वर्वाद गरिरहेको होला ?छिमेकी, आफन्त, साथीभाई, सहकर्मी कोही पनि यसका दोषी होइनन्/हुँदैनन् । दोषी हामी आफैभित्र छ । त्यो हो, अल्छीपन ।

जब हामी केही गर्न खोज्छौं, हामी भित्रको अल्छीपनले रोक्छ । जब हामी कुनै काम गर्न चाहन्छौं, हामी भित्रको अल्छीपनले छेक्छ । जब हामी मनमनै बुनिएको योजना कार्यन्वयन गर्ने सोंच बनाउँछौं, हामी भित्रको अल्छीपनले बाधा पुर्‍याउँछ । अर्थात आलस्य एवं अल्छीपन नै हाम्रो प्रगतिको वाधक हो ।

सफल व्यक्तिहरुको कथा पढौं, उनीहरुको दैनिक तालिका हेरौं, कतिपनि अल्छी गरेका पाइदैन । उनीहरुमा जाँगर हुन्छ । जाँगरसँगै उर्जा हुन्छ । उर्जासँगै रचनात्मक क्षमता हुन्छ । त्यही कुराले उनीहरुलाई प्रगतिपथमा अगाडि बढाउँछ ।

संसारमा जति गरिब छन्, त्यसमा धेरैजसो कारण उनीहरु आफै हुन् । हामी गरिब हुन्छौं, कमजोर हुन्छौं भने त्यसमा अरु भन्दा बढी हामी आफै जिम्मेवार छौं । किनभने फुटपाथबाट उठेर पनि कतिपयले विश्वलाई हाँक दिएका छन् । अर्थात पुटपाथमा जन्मनु नै समस्या होइन । एउटा प्रचलित भनाई छ नि, ‘तिमी गरिबको कोखमा जन्मियौं, त्यो तिम्रो गल्ती होइन । गल्ती त त्यो हो, तिमी गरिब भएरै मर्‍यौं ।’

हामी गरिब हुन्छौं, कमजोर हुन्छौ भने त्यसमा सबैभन्दा ठूलो कारक हो, अल्छीपन । जाँगर गर्नेहरु कहिल्यै कमजोर हुँदैनन् । जीवनलाई सार्थक बनाउने, जीवनमा प्रगति गर्ने हो भने अल्छीपन त्याग्नुपर्छ । जाँगर गर्नुपर्छ, श्रम गर्नुपर्छ ।

बर्तमानमा बाँच्न सिकौं

हामी आसपासका छिमेकी, आफन्त, साथीभाईसँग सोधौं, उनीहरु भविष्यप्रति चिन्तित छन् । विद्यालय धाउने बच्चालाई भोलिको परीक्षाको भय छ । कुनै उद्यम सुरु गर्न लागेका तन्नेरीलाई भोलिको बजारको भय छ । छोराछोरी हुर्काइरहेका दम्पतीलाई उनीहरुको भविष्यको भय छ ।

हामी आज ढुक्कले बाँचेका छैनौं । किनभने हामीलाई भोलिको चिन्ताले भयभित तुल्याएको छ । हामी जे गर्छौ, जे गरिरहेका छौं, भोलिका निम्ति भनेर गरिरहेका छौं । अर्थात भोलिका निम्ति हामीले हाम्रो आजलाई त्याग गरिरहेका छौं ।

हामी भोलिको कुराबाट मात्र चिन्ताग्रस्त छैनौं । हिजोका कुराले पनि हामी पिरोलिएका छौं । हिजोको दिनमा भएका गल्ती, कमजोरीले हाम्रो मन पोलिरहन्छ । हिजो त्यसो गरेको भए हुन्थ्यो, त्यसो नगरेको भए हुन्थ्यो भन्ने औडाहले दुखी बनाइरहेको छ ।

हिजोको चिन्ता र भोलीको भय त्यागेर आजको दिनलाई सर्वोत्कृष्ट बनाउने प्रयास गर्नुपर्छ । आजको अर्थात वर्तमानलाई हामी जति रचानत्मक, जति उत्कृष्ट बनाउँछौं, भोलि र हिजोको डर एवं चिन्ता त्यसै हराउनेछ ।

वर्तमानका लागि हामी बाँच्नुपर्छ । भोलि कहिल्यै आउँदैन । हिजो त गुजि्रसक्यो नै । चाणक्यले भनेका छन्, ‘हामीले भूतको बारेमा कहिल्यै पच्छताप गर्नु हुन्न, न त भविष्यको चिन्ता गर्नुपर्छ । विवेकवान व्यक्ति जहिले पनि वर्तमानमा बाँच्छन् ।’ अनलाइन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah