भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको एउटा डुङ्गा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, ट्युनिशिया नजिक समुद्रमा शरणार्थी लिएर जाँदै गरेको डुङ्गा पल्टिएको हो । दुर्घटना भएको डुङ्गामा धेरैजसाे अफ्रिकाका नागरिक थिए ।

शरणार्थीहरुका लागि संयुक्त राष्ट्रको उच्च आयुक्त (यूएनएचसीआर) ले जारी गरेको बयानमा भनिएको छ, ‘यो दुर्घटनामा अहिलेसम्म १६ जनालाई बचाउन सक्यौं ।’

‘दुर्घटना भएको डुङ्गा बिहीबार लिबियाको लागि हिँडेको थियो, समुद्रमा शक्तिशाली लहर चलेका कारण डुङ्गा समुद्रमा पल्टिएको हो,’ दुर्घटनामा बचेकाहरुले भने ।

यूएनएचसीआरको आँकडा अनुसार, यो वर्षमात्रै अहिलेसम्म लिबियादेखि यूरोप मार्गमा एक सय ६० बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार, सन् २०१८ मा भूमध्य सागर पार गर्ने क्रममा प्रतिदिन छ प्रवासीले ज्यान गुमाउने गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah