सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो । ताक्वान एयरद्वारा सञ्चालित पानीमा समेत तैरने सानो ‘फ्लोट प्लेन’ १० जना यात्रुसहित अलास्काको मिस्टी जोर्डसको भ्रमणबाट फर्किरहेको थियो ।

अर्कोमा रोयल प्रिन्सेस क्रुजका चार यात्री सवार विमान पनि अर्को यात्राबाट फर्किरहेको विज्ञप्तिमा बताइएको छ ।

रोयल प्रिन्सेस विमानका चार यात्रु र पाइलटको मृत्यु भएको पुष्टि भएको छ ।

ताक्वान एयर प्लेनका ९ यात्रुलाई उद्धार गरिएको छ भने उनीहरुको उपचार भइरहेको छ । उक्त विमानका एकजना हराइरहेको जानकारीमा उल्लेख छ । विज्ञप्तिमा पाइलटलाई के भयो भन्ने जानकारी दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah