गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ अर्थात् मनोरञ्जन क्षेत्रको प्रस्ताव अगाडि सारेको छ । यहाँको पर्यटन मन्त्रालयले पोखराको पामेभन्दा माथि र भदौरेभन्दा तलको क्षेत्रमा यस्तो क्षेत्र बनाउन सकिने प्रस्ताव गरेको छ । यो योजना कार्यान्व्यनको लागि मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गर्ने जनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयअघि अगाडि सारेको रेडलाइट एरिया अर्थात् सजिलै यौन क्रियाकलाप गर्न पाइने ठाउँ निर्माण गर्ने भनाइमा टेकेर अहिले इन्जोय जोनको कुरा उठाइएको हो ।

सन् २०२२ सम्म पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्तिको लागि इन्जोय जोन आवश्यक छ भन्ने पर्यटनमन्त्रीको तर्क रहेको छ । यति बेला पर्यटन मन्त्रालयले इन्जोय जोनसहित पर्यटकीय पूर्वाधार थप्नको लागि विस्तृत योजना प्रतिवेदन तयार पार्न ब ९ करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाटै गण्डकी प्रदेशमा अन्य पर्यटकीय सम्भावनाहरु खोज गरिने मन्त्रालयको भनाइ छ । चालू अंग्रेजी वर्षलाई गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरेको छ । घोषणा भएको ५ महिना पुग्दा पनि भ्रमण वर्षले गति लिन सकेको छैन । घोषणा कागजमा सीमित छ । पर्यटन व्यवसायीहरुले घोषणा किन भन्ने प्रश्न उठाउन थालेका छन् । यस्तो अवस्थामा सरकार भने कहिले इन्जोय जोन, कहिले के भन्ने नारामै रुमल्लिएको छ । लक्ष्य प्राप्तिको लागि यही सुस्त गति तगारो बन्न पुगेको छ ।

पर्यटन मन्त्रालयले अहिले तयार पारेको इन्जोय जोनको अवधारणालाई पनि यथार्थताको कसीमा राखेर जाँच्नुपर्ने हुन्छ । नेपाल अहिलेसम्म पनि साहसिक पर्यटनमा आधारित रहेको छ । अन्नपूर्ण हिमालको सफल आरोहणबाट शुरु भएको नेपालको पर्यटनमा हिप्पीहरुले नयाँ रुप दिए । यहाँको शीतलता, सुन्दरता अनि साहसिक गन्तव्यमा उनीहरु रमाए । नेपालमा ह्वारह्वार्ती पर्यटक आउन थालेपछि मात्र भौतिक संरचनाहरु बने । पर्यटकीय होटलहरु खुले । नेपाल आउनेमध्ये ६० प्रतिशत पर्यटकरु पदयात्रामै रमाउने गरेको तथ्यांक रहेको छ । पदयात्रा मार्गहरु धुले सडकले खाइदिएका छन् । नयाँ पदयात्रा मार्गको विकास हुन सकेको छैन ।

नेपाल आउने पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन । द्वन्द्वबाट गुज्रेको श्रीलंका र भर्खरै पर्यटन उद्योग थालेको भूटानले नेपाललाई उछिनेका छन् । अहिले साहसिक यात्रा चाहने पर्यटकहरु भूटानतिर लागेका छन् । भूटानले थोरै पर्यटक भित्र्याएर पनि मनग्ये आम्दानी गर्न सफल भएको छ । नेपालबाटै सिकेको भूटानले गरेको प्रगतिबाट अब नेपालले सिक्ने कि नसिक्ने ? गन्तव्यको प्रचार नै नगर्ने, कनेक्टिभिटी अर्थात् यहाँ आउन सजिलो हुने हवाई र अन्य मार्गको विकास नै नगर्ने अनि हामी यस्तो र उस्तो काम गर्छौं भन्नु पोल्टाको गुमाएर हातको इशारा लगाउनुसिबाय केही होइन भन्ने अब बुझ्नै पर्छ ।

पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधार चाहिन्छ । हो, पर्यटकहरु मनोरञ्जन चाहन्छन् । घर छाडेर हिँडेको मान्छे अनुशासनका घेरा तोडेर रमाउन चाहन्छ । तर, सबै पर्यटकहरु त्यस्ता हुँदैनन् । मुक्तिनाथ दर्शनमा जाँदा र थाइल्यान्डको समुद्री किनारामा रमाउँदाको क्षणमा मान्छेको मनोभाव एउटै हुँदैन । त्यो नेपालीले पनि अनुभव गरेका छन् । हो, नेपालको पर्यटन उद्योग कस्तो बनाउने भन्ने सोच्ने पनि यही विन्दुबाट हो । हामी कस्ता पर्यटक चाहन्छौं ? यौनजन्य क्रियाकलाप गर्ने, पदयात्रामा जाने वा लागूऔषधमा रमाउने ? यो सोचनीय प्रश्न हो । हाम्रो सामाजिक र धार्मिक परिवेश अर्को महत्वपूर्ण पक्ष हो ।

हाम्रा संस्कार, संस्कृतिभन्दा बाहिर गएर पैसाको लागि मात्र इन्ज्योय जोन निर्माण गरियो भने त्यसले कालान्तरमा पार्ने प्रभाव कस्तो हुन्छ भन्ने आँकलन नै नगरी गरिने निर्णयहरुले न त दिगो आर्थिक विकास कायम गर्न सकिन्छ, न त यस्ता परियोजनाले सोचेजस्तो लाभ नै दिन्छन् । बरु, हाम्रो सांस्कृतिक मान्यताहरु धराशायी पार्ने यस्ता निर्णयहरुको ठूलो मूल्य चुकाउनुपर्छ । नीति निर्माताले बेलैमा सोच्नुपर्छ । कुरा दुई–चार पैसाको हैन, कुरो मूल्य, मान्यता र संस्कृतिको संरक्षण अनि आर्थिक विकासको पनि हो । पर्यटन मन्त्रालयले यो विषयलाई गहनरुपमा लिनै पर्छ । इन्जोय जोनको नाममा वेश्यालय खोल्नुभन्दा साहसिक पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्नेतर्फ लाग्नु बुद्धिमानी हुन्छ ।
– अर्जुन नेपाल, हाल कुबेत ।

सामाजिक सुरक्षाको फितलो कार्यान्वयन
श्रमिकलाई सामाजिक सुरक्षासहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएका भन्दै चर्चा भए पनि जनशक्ति र पूर्वाधारको अभावका कारण फितलो देखिएको छ । सञ्चयकोष, उपादानलगायतका विषयमा नयाँ श्रम ऐनले प्रस्ट व्यवस्था गरेको छ । तर डेढ करोड संख्यामा रहेका श्रमिकहरुले अहिले पनि विभिन्न सुविधाबाट वञ्चित हुनुपरेको अवस्था छ । श्रम कार्यालयमा उजुरी दिनेको संख्या दिनानुदिन बढे पनि श्रमिकले राहत पाउन सकिरहेका छैनन् । गत साउन २९ गते सामाजिक सुरक्षा ऐन २०७४ र भदौ १९ गते श्रम ऐन २०७४ जारी भएको थियो ।

ऐन जारी भए पनि उद्योग, निजी विद्यालयलगायतमा कार्यरत कर्मचारी, कामदार तथा मजदुरले सुविधा पाउन सकेका छैनन् । यसै गरी नयाँ ऐनले अन्य श्रमिक आपूर्ति गर्ने कम्पनीमार्फत लिइएका श्रमिकले तलव, सुविधा नपाएमा यसको दायित्व मुख्य रोजगारदाताको हुने व्यवस्था गरेको छ । यसले हाल देखिएको काम गरे पनि तलव नपाउने वा न्यून पाउने अवस्थाको अन्त्य हुने विश्वास गरिएको थियो ।

व्यवसायजन्य स्वास्थ्य सुरक्षाको व्यवस्थामा पनि यसअघिको भन्दा वर्तमान ऐन प्रगतिशील रहेको छ । यसै गरी नयाँ ऐनले विभिन्न अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि समेटेको छ । तर, कार्यान्वयनमा देखिएको कमजोरी र सम्बन्धित निकायको उदासीनताले ऐनलाई नै फितलो बनाएको छ । ऐेनको कार्यान्वयन नहुनु पहिलेदेखिकै समस्या हो । तसर्थ, ऐन कार्यान्वयन र श्रमिकलाई सुविधाको व्यवस्था गर्न सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ । अतः श्रमिकको अधिकार र सुरक्षाका लागि नियमनकारी निकायले आवश्यक कदम चाल्न जरुरी छ ।

– सुगम भट्ट, काभ्रे ।

गुगलमा सेक्स वर्कर सर्च गर्दा भेटिएको तस्विर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah