काठमाडौं। महाभारत युद्धमा कौरवको पूरै वंश नाश भयो।  आफ्नो वंश समाप्त भएपछि गान्धारीले श्रीकृष्णलाई श्राप दिँदै भनिन्, ‘तिमी पनि आफन्त र कुटुम्बको हातबाट मारिन्छौ।’ महाभारतका अनुसार कसरी भयो यदुवंशीको नाश?

 

महाभारत युद्धपछि करिव ३६ वर्षपछि एक दिन द्वारिकामा ऋषि विश्वामित्र, कण्व, देवर्षि नारद पुगे। त्यहाँ उपस्थित केहीले ऋषिमुनिसँग रमाइलो पनि गर्न थाले। श्रीकृष्णका पुत्र साँवलाई स्त्रीको भेषमा ऋषिमुनी भएको ठाउँमा लगियो र भनियो–यी स्त्री गर्भवती छिन्।’

 

अनि त्यहाँ उपस्थिति मध्ये केहीले ऋषिमुनीलाई यी स्त्रीको गर्भबाट के जन्मिन्छ भनेर सोधे। सबै ऋषिमुनीलाई थाहा थियो की उनीहरुले आफूहरुको मजाक उडाइरहेका छन्। त्यसपछि ऋषिमुनीहरु क्रोधित भएर श्राप दिए की श्रीकृष्णका यी छोराले अधर्मीको नाश गर्नकालागि फलामको एउटा मुसल उत्पन्न गर्छन। यो कुरा सुनेर सबैजना डराए। जब यो कुरा श्रीकृष्णले थापा पाए तब उनले भने–ऋषिमुनीले दिएको श्रापमा सत्यता हुन्छ।’

 

ऋषिको श्रापको प्रभावबाट भोलिपल्टै साँबले मुसल उत्पन्न गरे। राजा उग्रसेनले उक्त मुसललाई टुक्रा टुक्रा परेर समुद्रमा फालिदिए।  त्यसपछि द्वाराकामा अनिस्ट हुन थाल्यो। आँधी आउन थाल्यो। श्रीकृष्णले यो सबै देखेपछि गान्धारीले दिएको श्राप सत्य सावित हुने समय आएको ठाने। त्यो बेला ग्रहको त्यस्तो योग बनेको थियो, जुन महाभारत युद्धको समयमा बनेको थियो।

 

श्रीकृष्ण परिवारका सबैलाई लिएर प्रभास तीर्थमा निवास गर्न थाले। एक दिन कुनै कुरामा सत्यकी र कृतवर्माबीच विवाद भयो।  विवाद यति धेरै बढ्यो की सात्यकी र प्रद्युम्न मारिए। क्रोधित भएर श्रीकृष्णले घास उखेल्न थाले। त्यो घाँस हातमा आउने वित्तिकै व्रजको समान भयंकर फलामको मुसल बन्यो।

 

त्यो मुसलले श्रीकृष्ण सबैको वध गर्न थाले। जसले त्यो घाँस उखेल्थयो, त्यो भयंकर फलामको मुसल बन्थ्यो। यो सबै ऋषिको श्रापका कारण भइरहेको थियो। यसरी श्रीकृष्ण र बलराम बाहेक सबै यदुवंशी मारिए।

 

अन्तिममा बलराम समाधिमा बसे। उनको मुखबाट भगवान शेषनाग निस्किएर समुद्रमा पसे। अन्तिममा श्रीकृष्ण जरा नामका शिकारीको हातबाट मारिए। यसरी यदुवंशको नाम भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah