काठमाडौं, जेठ ९ । साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, बुधबार तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
बुधबार चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मूल्य ७०० रुपैयाँमा कारोबार भइरहेको छ।




