एजेन्सी। मेक्सिकोमा जङ्गलमा लागेको आगो निभाउने क्रममा हेलिकोप्टर नै दुर्घटनामा परेको छ। उक्त हेलिकोप्टर दुर्घटनामा परी ५ जना सैनिकसहित हेलिकोप्टरमा सवार ६ जनाको ज्यान गएको छ।
जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।एमआई १७ हेलिकोप्टर छिमेकि सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट डढेलो प्रभावित क्षेत्रमा गएको थियो।



