सोसल मिडिया एउटा गज्जबको प्लेटफर्म हो । यसले कसैलाई रातारात स्टार पनि बनाइदिन सक्छ कतिको कनिकुथी जोहो गरेको इज्जत सेकेन्डभरमा लुटिदिन सक्छ । विश्वका जुनसुकै कुनामा घटित घटना यो प्लेटफर्म ठोक्किन आइपुग्छन् । भारतको एउटा यस्तै भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ जसले पूरा संस्थाकै इज्जत तहसनहस बनाइदिएको छ ।

यदि तपाईं पनि सोसल मिडियामा सक्रिय हुनुहुन्छ भने भारतको हरियाण पुलिसको एउटा भिडियो सायद तपाईंको नजरबाट पनि गुज्रिएको हुनसक्छ । कतिले देख्नुभएको छैन भने पनि यसबारे यहाँ जानकारी छ ।

सोसल मिडियामा देखिएको उक्त भिडियोमा हरियाणा पुलिसका केही जवानले एक महिलालाई घेरिरहेको देख्न सकिन्छ । रातको समयमा यी पुलिस अधिकारीहरुले ती महिलालाई सोधपुछ गर्दै आफ्नो बेल्टले पिटिरहेको पनि देख्न सकिन्छ । फरिदाबाद जिल्लामा उनी किन आइन् भनेर पुलिसले ती महिलालाई सोधिरहेका छन् ।

लगभग साढे चार मिनेटको यो भिडियोले पुलिसको बर्बरता दर्साउँछ । भिडियोमा कुनै पनि महिला पुलिस अधिकारीको उपस्थिती देखिँदैन । पुलिसका अनुसार यो भिडियो लगभग ६ महिना पुरानो हो यतिबेला फरिदाबादस्थित आदर्श नगरमा पुलिसले सार्वजनिक पार्कमा गलत गतिविधि भइरहेको प्रमाण फेला पारेको थियो ।
फरिदाबाद पुलिसले दिएको जानकारी अनुसार एक महिला र एक पुरुष पार्कमा केही गलत व्यवहार गरिरहेको भन्ने जानकारी पाएपछि घटनास्थल जाँदा पुरुष भाग्न सफल भएको र महिलालाई पक्राउ गरिएको हो ।

जुन भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ त्यसमा देखिए अनुसार एक पुलिस अधिकारीले महिलालाई उनीसँगै भएका पुरुषबारे जानकारी दिन दबाब दिइरहेका छन् भने अर्का पुलिसले महिलालाई कुनै जानकारी नदिएको भन्दै बेल्टले पिटिरहेका छन् ।
सोमबार उक्त भिडियो भाइरल भएपछि हरियाणा पुलिसले भारतीय दण्ड संहिताको आधारमा आफ्ना पाँच पुलिस अधिकारीविरुद्ध एफआइआर दर्ता गरेको छ ।

जसमध्ये दुई पुलिस अधिकारीलाई निलम्बित गरिएको छ भने तीन एसपीओको सेवा समाप्त गरिएको छ ।

एडिसनल डिसेक्टर जनरल अफ पुलिस (एडिजिपी) ल एण्ड अर्डर नवदीप विर्कले उक्त घटना सन् २०१८ को हो तर पीडितले पुलिसमा यसविरुद्ध मुद्दा दर्ता नगरेको बताए ।

पुलिसका अनुसार उनीहरु पीडितको खोजी गर्दै उनको बयान दर्ता गर्ने प्रयासा छन् । फरिदाबादका कमिशन अफ पुलिसका अनुसार यस्तो घटनाले पुलिसको छविलाई तहसनहस पार्छ र पुलिस नै यस्तो घटनामा जिम्मेवार हुन्छन् भने त्यो कुनै पनि हालतमा सह्य हुने छैन ।

पीडितलाई हरसम्भव मद्दत गर्ने कोसिस गरिने पुलिसले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah