काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ ।
सरकारले बुधबार सार्वजनिक गरेको बजेटमार्फत पूर्वाधार शुल्कवापत डिजेल र पेट्रोलमा एक रुपैयाँ शुल्क वृद्धि गरेसँगै निगमले मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ११ रुपैयाँ र डिजेल तथा मटीतेल ९८ रुपैयाँ ४० पैसा पुगेको हो ।
आगामी आर्थिक वर्षको बजेट साउन १ गतेदेखि लागू हुने भएपनि निगमले बिहीबारदेखि नै मूल्य बढाएको हो ।
यसले उपभोत्तालाई असर परेको छ । पछिल्लो समय निगम नाफामा छ ।, समाचार कारोबार दैनिकले प्रकाशित गरेको छ ।



