काठमाडौं – भारतको अरुणाचल प्रदेशको मेचुकाा लागि असमको जोरहाटबाट उडेको भारतीय वायुसेवाको विमान आईएएफ एएन–३२ सोमवार बेपत्ता भएको छ ।

विमानमा १३ जना सवार छन् जसमा आठ विमान कर्मचारी र पाँच यात्रु छन् । विमान उडेको केही समयपछि सम्पर्कविहीन बनेको थियो ।
विमान खोज्नका लागि सबै साधन प्रयोग गरिँदैछ । अहिलेसम्म विमानको कुनै जानकारी उपलब्ध भएको छैन ।
मेचुका ल्यान्डिङ ग्राउन्ड अरुणाचल प्रदेशको पश्चिम सियाङ जिल्लामा रहेको मेचुका उपत्यकामा पर्छ । यो भारत र चीनको सीमानजिकको ल्यान्डिङ ग्राउन्ड हो ।
एजेन्सी



