भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ जनाकै ज्यान गएको बताएको छ ।अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त विमानको अवशेष फेला पारेपछि विमानमा सवार सबैको ज्यान गएको पुष्टि गरेको हो ।

भारतीय वायुसेनाका प्रवक्ताले भारतीय सञ्चार माध्यमसँग भने, ‘भारतीय वायु सेना ३ जून, २०१९ मा भएको एएन–३२ विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । भारतीय वायु सेना मृतकका परिवारको साथमा छ ।’

विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा विङ कमाण्डर जीएम चार्ल्स, स्क्वाडर्न लिडर एच विनोद, फ्लाइट लेफ्टिनेन्ट एलआर थापा, एमके गर्ग, आशिष तनवर, सुमित मोहन्ती, वारेन्ट अफिसर केके मिश्रा, सर्जेन्ट अनुप कुमार, कोर्पोरल शेरिन, एलएसी एसके सिंह, एलएसी पंकज तथा गैरलडाकु राजेश कुमार तथा पुताली रहेका छन् ।

रुसमा बनेको एएन–३२ विमान गएको जून ३ मा असमको जोरहाटबाट चीनको सीमानजिकै रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । उडान भरेको आधा घण्टामै राडारसँग विमानको सम्पर्क टुटेको थियो ।

भारतीय वायु सेनाका अधिकारीका अनुसार बुधबार उद्धारकर्मीको १५ जनाको टोली दुर्घटनाग्रस्त क्षेत्रमा पठाइएको थियो । बिहीबार आठ जना उद्धारकर्मी दुर्घटनाग्रस्त क्षेत्रमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah