नयाँ दिल्ली । भारतीय सत्तारुढ दल भाजापाले नयाँ अध्यक्ष पाएको छ । भाजापाको कार्यकारी अध्यक्ष बनेका छन् पार्टीका वरिष्ठ नेता जेपी नड्डा । सोमबार बसेको पार्टी संसदीय बोर्डको बैठकले नड्डालाई कार्यकारी अध्यक्ष बनाउने निर्णय लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। नड्डा नरेन्द्र मोदीको पहिलो सरकारमा केन्द्री मन्त्रीको जिम्मेवारीमा थिए । तर, दोस्रो कार्यकालमा उनी मन्त्रिपरिषद्मा अटाएनन् ।

 

त्यसैबेलादेखि नड्डालाई पार्टीको जिम्मेवारी दिइने अनुमानहरु भइरहेका थिए । पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री बनेपछि नयाँ अध्यक्षको खोजी भएको थियो । पार्टी अध्यक्ष र मन्त्री एकै व्यक्ति हुन नसक्ने भाजपाको परम्पराअनुसार शाहको स्थानमा नड्डाले पार्टीको नेतृत्व पाएका हुन् ।

 

 

पार्टी संसदीय बोर्डको बैठकपछि रक्षामन्त्री तथा पूर्व पार्टी अध्यक्ष राजनाथ सिहंले पत्रकारहरुसँग भने, ‘अमित शाहको नेतृत्वमा पार्टीले बहुमत जित हात पारेको छ । प्रधानमन्त्रीले शाहलाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन् । शाहले पार्टीको जिम्मेवारी छोड्ने भएकाले नड्डालाई कार्यकारी अध्यक्ष बनाइएको छ ।’

 

 

यसअघि नड्डाले पार्टीले दिएका जिम्मेवारी राम्रोसँग निर्वाह गरेका छन् । २०१४ को चुनावमा उनले पार्टीको केन्द्रीय कार्यालयबाट पूरा देशको चुनावी रणनीति सम्हालेका थिए । हालै भएको चुनावमा नड्डा पार्टीको उत्तरप्रदेश प्रभारी थिए । उत्तरप्रदेशमा पार्टीले ८० मध्ये ६२ सिटमा जित हात पारेको थियो । नड्डालाई चुनावी रणनीतिमा माहिर मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah