काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै गरी आज तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्न सक्ने छ।



