काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन ६४ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै गरी आज तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको भाउ पनि बढेका छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ।



