एजेन्सी । भारतको लखनउमा अनौठो घटना घटेको । मृत घोषणा गरिएका एक जना युवा व्युतिएपछि मसानघाटमा एकैछिन तनावको महौल बन्यो । उनलाई चिहानमा गाड्नै लाग्दा उनी व्यतिएको थाहा पाइएपछि उनलाई तत्काल हस्पिटल पुर्याइएको थियो ।
२० वर्षका मोहम्मद फुरकानलाई चिहानमा गाड्न लाग्दा उनी व्यतिएका थिए । उनी व्युतिएको भान उनका परिवारका सदस्यले अचानक देखेपछि चिहानमा गाड्न ठिक्क पारेको उनलाई हस्पिटलतर्फ दौडाइएको थियो । उनलाई डाक्टरले जीवित रहेको बताएपछि सबैजना एकैछि अत्तालिएका थिए । धन्नै जिउँदै मानिसलाई उनीहरुले चिहानमा गाड्न पुगेको थिए ।
फुरकान २१ जूनमा एक दुर्घटनामा घाइते भएर निजी अस्पतालमा भर्ना भएका थिए । सोमबार उनलाई उक्त अस्पतालमा मृत घोषणा गरेको थियो । लगत्तै उनको शरीरलाई एम्बुलेन्समा राखेर घर पठाइएको थियो । उनको ठूलो भाई मोहम्मद इरफान यो घटनालाई लिएर अचम्मित छन् । उनलाई आफ्नो भाइ जीवित रहेको घटना पत्याउन निकै मुश्किल परिरहेको छ ।
फुरकानको उपचार को लागी निजी अस्पतालमा ७ लाख खर्च भैइसकेको र उनको परिवारले आफुहरुसँग पैसा सकिएको अस्पताललाई बताएसँगै सोमबार उनलाई मृत घोषणा गरेको मोहम्मद इरफानले बताएका छन् । लखनउका मुख्य चिकित्सा अधिकारी नरेन्द्र अग्रवालले छानविन भइरहेको र दोषीलाई कारवाही हुने बताएका छन् । हाल उनलाई उपचारको क्रममा नयाँ दिल्लीको राम मनोहर लोहिया अस्पतालमा भेन्टिलेटरको राखिएको छ ।




