काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा भवनहरुमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ । घटनामा केही मानिस घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको छ ।

लस एन्जलसबाट उत्तर तर्फ २ सय ४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दु रहेको बिबिसीले जनाएको छ । उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन् । पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको जनाइएको छ ।

केन्द्रविन्दु रहेको शहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको बिबिसीले उल्लेख गरेको छ । भूकम्प फेरि पनि जान सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । यस्तै केन्द्रविन्दु रहेको शहरमा आपतकालीन अवस्था घोषणा गरिएको छ । भिडियाे हेर्नुस्

https://www.facebook.com/khadkabimal12/videos/856354234749678/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah