हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ, मेरो यस्तो चिनजान छ, मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यु को समयमा इनले बचाउन सक्छन् ?आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहालसँग के थिएन र ?
पछिल्लो अवस्थामा मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाशको मृत्यु भएपछि अहिले प्रचण्ड पनि एक्लो बनेका छन् । युद्धकालमा प्रचण्डले कतिका ज्यान लिए होलान्, कतिलाई घरबार बीहीन बनाए होलान् तर आफ्नै छोराको पनि अकालमा मृत्यु हुन्छ भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला ।
जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशुका धारा बगे यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि पनि छैन ।दिनका दिन पार्टी र मोज गर्ने अनि तरुनी र पैसाको लतले मस्त भएकाहरुको पनि मृत्यु समान नै हुने गर्दछ अनि अन्तीम स्थान पशुपतिनाथ नै बन्ने गर्दछ र सडकमा बसेर मागेर खानेको पनि अन्तीम स्थान भनेको पशुपतिनाथ नै हो ।जब हामि मरेर जान्छौं , यो सम्पत्ति अनि नातागोता कुनै पनि काम लाग्दैन ।
न हामीलाई नातागोताले बचाउन सक्छ न त सम्पत्ति ले । त्यसैले नगरौं व्यर्थको अभिमान । नगरौं अभिमान मेरो सम्पत्ति छ र मेरो यस्तो नाता छ भनेर । जीवन छोटो छ केवल सत्कर्म गरौँ र सत्कर्मले नै जीवनको सदुपयोग गरौँ । यो विचार यहाँहरुलाई कस्तो लाग्यो त ? आफ्नो विचार राख्नुहोस् तथा कुरा चित्त बुझे एक एक शेयर गरेर साथ् दिनुहोस् ।
यो पनि पढ्नुहोस्::
शुद्रले क्षत्रीय जस्तै अभ्यास गर्न पाउँछ-
उपासक जीवनकुमार शाक्य::
के म शुद्र भएर तपाईको शिष्य हुन सक्छु ? के म एलव्यलाई तपाई स्विकार गर्नुहुन्छ ? पहिलो कुरा त म द्रोणाचार्य होईन । द्रोणाचार्य, मेरो लागि, अलिकति फोहर नामहरु मध्य एक हो । फोहोर यसकारण भयो—एकलव्यलाई अस्वीकार गर्नाले ।द्रोणाचार्यलाई गुरु पनि भन्न हुँदैन। यदि तिनि गूरु भएकोभए, तब त्यहि अर्थमा जसरी स्कूलको शिक्षकलाई हामी गुरु भन्छौँ । उनिमा केहिपनि गुरुत्व थिएन । शुद्ध राजनीति थियो ।
एकलव्यलाई अस्विकार गर्यो किनकि उ शुद्र थियो तर भन्दा पनि धेरै भित्र राजनीति थियो । यो थियो कि उ अर्जुन भन्दा अगाडी निस्कन सक्थ्यो यस्तो क्षमता थियो उस्को । राजपुत्र भन्दा कोहि अगाडी निस्कोस र शूद्र अगाडी बढोस क्षत्रिय बाट—यो द्रोणाचार्यको ब्राह्मणलाई सहन सकिने कुरा थिएन । अझै उ राजाको नोकर थियो । उस्को छोरालाई दुनियामा सबैभन्दा ठूलो धनुर्धर बनाउनु थियो ।
जस्को नून खायो उस्को त सोझो गर्नुथियो । एकलव्यलाई शिष्य स्विकार गरेन–यो देखेर कि यो युवकको क्षमता यस्तो देखिन्थ्यो कि यस्ले अर्जुनलाई आच्छु आच्छु पार्छ ! यो त एक बहाना थियो कि शूद्र भनेर । शुद्र अगाडी बढोस यो त हुनै सक्दैन राजपुत्र माथिहुनुपर्छ मलाई यसैमा लाभ छ। यो शूद्र यदि माथि भयो भने पनि मलाई के फाईदा ? स्विकार गरन शिष्य भनेर । तर एकलव्य अदभुत थियो । एकलव्य, मलाई प्यारो नाम मध्य एक हो ।
अपूर्व शिष्य थियो उ, शिष्य शिष्य जस्तै हुनुपर्छ । द्रोणाचार्य जस्तो गुरु, जस्ता गुरु हुनुहुँदैन जस्ले बिभेद गर्छ । गुरु राजनीतिज्ञ थिए। शिष्य धार्मिक थिए । उसले सोच्यो : मेरोफ अस्विकार गरेँ त मेरो अवश्य हित हुन्छ। उ एकलव्यबाट मेरो के लाभ ।लाभ हुने भएपो स्विकार गर्नु !एकलव्यलेद्रोणाचार्यको मूर्ति बनाएर पूजा गर्न थाल्यो र मूर्तिको अगाडी नै धनुर्विद्याको अभ्यास शुरू गर्यो । यति भावना होस यति आस्था गुरु प्रति यति श्रद्धा तब गुरुकै आवश्यकता किन? श्रद्धा को कमी छत्यसैले गुरुको आवश्यकता पर्छ ।
एकलव्य बिना गुरु मूर्तिबाट पुग्यो श्रद्धा भए मूर्ति जीवन्त हुन्छ श्रद्धा नभए जीवित गुरु पनि अनर्थ हुन्छ । सबै तिम्रो श्रद्धामा निर्भर छ । मूर्तिलाई नै माने गुरु । यस अपूर्व प्रक्रियामा उ त्यस ठाउँमा पुग्यो, जहां अर्जुन फीका भयो । समाचार फेलियो एकलव्यको निशाना अचूक भयो। यस्तो अचूक निशाना कहिल्यै कसैले देखेन ! यस्तै निशाना थियो राजकुमार सिद्धार्थको उनि लक्ष भेद गर्थे । श्रद्धा स्तरीय भए निशाना अचूक हुन्छ नै यो श्रद्धाको निशाना हो । श्रद्धा पहिला भित्र हुनुपर्छ । एकलव्य अपूर्व थियो होला यहि श्रद्धालाई देखेर त द्रोणाचार्य छक्क परेहोला ।
जुन गुरुले एकलव्यलाई शिष्य बनाउन चाहेन तर दक्षिणा लिन भने पुग्यो ! बेईमानीको पनि एक सीमा हुन्छ लाज पनि लागेन द्रोणाचार्यलाई । यस्ता शिष्य को त पाउमा छुनुपर्छ तर राजनीति आयो । बेईमान गुरुले एकलव्यसित दक्षिणामा उस्को हातको बुढी औँला मागे । उस्लाई थाहा थियो एकलव्यले पक्कै दिन्छ । उस्लाई शूद्र भन्नु बिलकुल गलत हो । उ अर्जुन भन्दा धेरै क्षत्रिय छ । एकलव्यलाई भन्यो मलाई गुरु मान्छौ भने दक्षिणा दिनुपर्छ । उस्को आँखाबाट आँसु झर्यो । गुरुलाई दिने केहि छैन किनकि उ त एक गरीब हो केहि छैन उ सित ।
एकलव्यले भन्यो तपाईले जे भन्नु हुन्छ दिन्छु मसित दिने त्यस्तो के छ र । एकलव्य यसकारण पनि अदभुत छ कि जसलाई शिष्य मानेन उसैलाई गुरु दक्षिणा दिन तयारछ । गुरु एक नम्बरको चालबाज छ। कूटनीतिज्ञ छ। शिष्य त साह्रै सरल र सोझो छ। द्रोणाचार्यले भन्यो मलाई तिम्रो दाहिने बुढी औँला चाहियो । किनकि बुढी ओँला धनुरविद्यामा महत्वपूर्ण हुन्छ काटीयो भने कहिल्यै उ धनुर्विद हुन सक्तैन । उस्को धनुर्विद्यालाई नष्ट गर्न बुढीऔँला माग्यो ।
एकलव्यले पनि औँला काटेर दियो । उ अभूतपूर्व र क्षेत्रीय थियो । शुद्र भएर शिष्य हुन आएको थियो बुढीऔँला दिएर ब्राम्हण भयो ! उ विचराले त एक रत्ति पनि सोँचेन कि यहाँ चलाकि गरीयो ।त म द्रोण होईन तिमीलाई भन्छु । तिमीले सोध्छौ ‘के म शूद्र भएर पनि तपाईको शिष्य हुन सक्छु ?’ शूद्र सबै हुन । शूद्र जस्तै नै सबै जन्मिन्छन् । तिमी शिष्य हुन चाहन्छौभने तिमीलाई अस्वीकार गरुँ यो असम्भवछ । द्रोणले एकलव्यलाई अस्वीकार गरे भन्दैमा मैले किन गरुँ । नास्तिकहरुलाई पनि मैले स्विकार गर्छु ।
तिम्रो मनमा मेरो शिष्य हुने ईच्छा जाग्यो यहि राम्रो हो । म द्रोण होईन । तर मैले सुनेको छु आज भोलिको आधुनिक एकलव्यले गुरुलाई नै बेस्सरी भकुरे तर तिमी त्यस्तो आधुनिक भने हुने छैनौ ।जब फूल फुल्छ तब यो त भन्दैन कि तिमी तिर बग्दिन । तिमी शुद्र हौ तिमीलाई वास दिँदिन तिमी टाढा जाउ मैले त केवल ब्राम्हणलाई मात्रै वास दिन्छु ! फूल फुले त सबैको लागि हो धर्म सबैको लागि हो । बर्षा भए जाडो भए सबैको लागि हो ।
पक्षपात केका लागि घाम लागे चाहे पापी होस या धर्मात्मा शुद्रहोस या ब्राम्हण सबैको लागि । मन्दिर पनि शुद्रको लागि निषेध ब्राम्हणको लागि प्रवेष बिधवाको लागि निषेध सधुवाको लागि प्रवेष यस्तो भेद छैन । तिमी भित्र प्यास छ यहि प्रशस्त छ । विपश्यनामा सहभागि हुन एकजनाले मलाई सोध्यो हामी दलितले पनि सहभागि हुन सक्छौँ । मैले भने विपश्यनामा कुनै जातको पक्षपात र धनी गरीबको पक्षपात छैन सबैले बराबर सहभागि हुन पाउँछ । धनी वा ब्राम्हणलाई छुट्टै बिशेष ध्यानको तरिका र दलितलाई छुट्टै भन्ने छैन । अस्तुः भवतु सब्ब मङ्गलम, सन्दर्भ सामग्रि ओशो एस-धम्मो-सनंतनो-भाग-12



