काँकडभिट्टा (झापा), २२ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् ।

शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् ।

उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा (एमाले)बाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन् । “मेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियो”, प्रधानाध्यापकको जागिर छाडेर राजनीतिमा होमिएकी सिटौलाले भन्नुभयो – “अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट बोकेकी छुँ ।”

उहाँ काँग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने तयारीमा जुट्नुभएको छ । जागिर छाडेर आएकी हुँदा पार्टीबाट मेयरको टिकट पाउने उहाँको आशा छ ।

त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा (एमाले)बाट उम्मेदवार बन्ने तयारी गर्दैहुनुहुन्छ ।  छब्बिस वर्ष शिक्षण पेसामा बिताउनुभएको ५२ वर्षे रोक्का भन्नुहुन्छ– “पार्टीले वडाध्यक्षको उम्मेदवार बन्न टिकट दिन्छ भन्ने विश्वास छ, चुनाव लड्छु ।”

यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष उम्मेदवारको आकांक्षी बनेका राजवंशीले पनि राजीनामा दिनुभएको छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ । उहाँ भन्नुहुन्छ– “पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।”

तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah