साउन १६, २०७६
काठमाडौं – बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको विमानबाट खसेर माडागास्करमा मृत्यु भएको छ ।
आलाना कटल्यान्ड नामक ती विद्यार्थी अफ्रिकी मुलुक माडागास्करमा जुलाई महिनाको शुरूतिर इन्टर्नशिप गर्न गएकी थिइन् ।
उनी सानो विमानबाट खसेको बताइएको छ । अघिल्लो बिहीवार दुर्गम क्षेत्र अन्जाजाभीमा अनुसन्धान गर्ने क्रममा उनी उडिरहेको विमानबाट खसेकी थिइन् ।
उनको परिवारले एक वक्तव्य जारी गरेर उनी पढ्नमा तगडा, स्वतन्त्र मानसिकता भएकी अनि संसारका कुराहरू पत्ता लगाउन उत्सुक युवती भनी वर्णन गरेका छन् । उनलाई चिन्ने सबैले उनको प्रशंसा गर्ने गरेको परिवारको भनाइ छ ।
उनी एक प्रतिभाशाली नर्तकी पनि थिइन् ।
कटल्यान्ड कलेजमा योग साधना पनि गर्थिन् । नृत्य समाज कटाजकी उनी उपाध्यक्ष समेत थिइन् ।
द गार्डियनबाट




