काठमाडौं – जम्मु–कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरस्थित डल तालको किनारमा बनाइएको सेन्टूर होटलमा ५० भन्दा बढी कश्मीरी नेताहरूलाई बन्धक बनाएर राखिएको छ ।

 

ती नेताका नातेदारलाई सोमवार भेट्न दिइएको थियो । आफन्तले नेताहरूका लागि कपडा, फल तथा अन्य सामान ल्याएका थिए । जम्मु–कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गरिएपछि यसै होटलमा नेताहरूलाई थुनिएको हो ।

नेताहरूसँग भेटेका एक नातेदारले भने, ‘होटल त जेल जस्तै हो तर मेरो छोरो ठीक छ भनी देख्दा खुशी लागेको छ ।’उनले थपे, ‘हामीलाई केही मिनेटसम्म होटलको कोठाबाहिर ग्यालरीमा जान दिइएको थियो । छोरोले आफ्नो रेखदेख राम्ररी भइरहेको तर बाहिर के भइरहेको थाहा नभएको बतायो । भेट्न आएका मानिस र अखबार नै उनीहरूको सूचनाको स्रोत हो ।’

होटलमा नेसनल कन्फरेन्स, पीडीपी र कांग्रेसका वरिष्ठ नेताहरूलाई बाहिरको घटनाक्रमको जानकारी प्राप्त भइरहेको छ ।मूलधारको राजनीति गर्ने एक कश्मीरी नेताका सहयोगीले भने, ‘नेताजी कश्मीरमा राजनीतिक स्थितिका विषयमा चिन्तित छन् । हामीहरूले केही सामान लिएर गएका थियौं तर सुरक्षाकर्मीहरूले चुरोटको प्याकेट चाहिँ लान दिएनन् ।’

एक सुरक्षाकर्मीले भने, ‘नेताहरूलाई जेलमा जस्तो गरी बस्न अनुमति दिइएको छ । होटलमा टीभी छैन र उनीहरू अखबार र किताब पढेर आफूलाई व्यस्त राखिरहेका छन् ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah