ढाका, १० भदौ । बंगलादेशमा मुस्लिम विवाह प्रमाणपत्रबाट ‘कुमारी’ शब्द हटाउन यहाँको उच्च अदालतले आदेश दिएको छ ।
प्रमाणपत्रमा महिलाका लागि ‘कुमारी’ शब्दको ‘ल्यान्डमार्क’ प्रयोग गरिनु अपमानजनक र विभेद्कारी भएको भन्दै अदालतले हटाउन आदेश दिएको हो । साथै गोपनीयताको हक उल्लंघन भएको पनि व्याख्या भएको थियो ।
दक्षिण एसियाली मुलुक अन्तरगत मुस्लिम समुदायका विवाह प्रमाणपत्रमा महिलाका लागि तीन विकल्प छनोटका लागि दिने नियम छ । जहाँ महिलाका लागि विवाह प्रमाणपत्रमा ‘कुमारी, विधवा वा डिभोर्सी’मध्ये एक छनोट गर्नुपर्छ ।
आइतबार यहाँको उच्च अदालतको निर्णय अनुसार अब ‘कुमारी’ शब्दको सट्टा ‘अविवाहित’ राख्नुपर्नेछ । अधिकारकर्मी समूहहरुको निरन्तर विरोधसँगै अन्ततः आइतबार उच्च अदालतले यस्तो निर्णय गरेको हो । गोपनीयताको हक तथा विभेद्कारी नियम भएको भन्दै उक्त व्यवस्थाको विरोध हुँदैआएको थियो ।




