काठमाडौं । हङकङमा अशान्ति हुनसक्ने सम्भावनालाई ध्यानमा राखी चीनले १० हजार सैनिकलाई नियमित कवाजमा उतारेको छ ।
सेनाले अहिले हङकङको बाहिरी परिधिमा रहेको ग्रामीण क्षेत्रमा परेड प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले विशाल प्रदर्शनको योजना बनाइरहेका बेला बिहीबार चीनले जनमुक्ति सेना पीएलएको ठूलो डफ्फा हङकङ पठाएको हो । विगत तीन महिनादेखि हङकङमा अझ उदार व्यवस्थाको माग गर्दै सडक प्रदर्शन भइरहेको छ ।
सुपुर्दगी विधेयकको विरोधबाट शुरु भएको यो प्रदर्शनले हङकङको शान्ति सुरक्षामा समस्या ल्याएको चीनको भनाइ छ । हङकङमा जारी अशान्ति हेरेर बस्न नसकिने भन्दै चीनले प्रदर्शनकारीलाई चेतावनी पनि दिएको छ ।
हङकङमा परिचालित चिनिया सेनाले नगरको समृद्धि र स्थायित्वका लागि सहयोग गर्ने चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ



