ह्युस्टन- अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरू २१ जना घाइते भएका छन् ।

देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिवार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ वर्षे बन्दुकधारीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको छैन ।

‘टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको थियो । त्यसपछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको थियो,’ ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा भने ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन् । ‘घटनापछि धेरै पीडित भएका छन्,’ गर्कले भने । घटनामा परी घाइते भएका मध्ये तीन जना सुरक्षाकर्मी रहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनामा बारेमा आफूलाई महान्यायाधिवक्ताले जानकारी गराएको उल्लेख गरेका छन् । उनले सुरक्षाकर्मी र अनुसन्धानकर्ताहरुलाई पूर्ण रूपमा परिचालन गरिएको पनि बताए ।

Photo : nytimes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah