दमक/ झापा दमकमा रहेको पशुपति बहुद्धेशीय सहकारी संस्थाले उल्लेख्यमात्रमा आफ्नो शेयरपुजी तथा कारोबार बढाउदै लगेको पाईएको छ ।
२०७४/७५ मा एक करोड पन्चानब्बे लाख छब्बीसहजार २ सय रुपिया शेयरपुजी रहेको सहकारीले दुइकरोड चौबिसलाख चौहत्तर हजार सातसय पुर्याएको छ ।
आँउदो बर्ष ५ करोड पुर्याउने लक्ष्य रहेको अध्यक्ष खगेन्द्रबहादुर पाण्डेले सार्वजनिक गरे ।
सहकारीले १५ करोड २५ लाख ७३ हजार २ सय २६ रुपिया ३४ पैसाको कारोबार गरेको सार्वजनिक गरिएको छ ।
शुक्रबार भएको १६ बार्षिक साधरणसभामा प्रस्तुत प्रतिवेदनमा यो सार्वजनिक गरिएको हो ।
५ बर्षमा २० करोड शेयरपुजी र ५ वटाभन्दा बढि सेवा केन्द्र विस्तार गरिने समेत उल्लेख रहेको छ ।
दमक वडा नं. ८ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तब्य लेखा समिति सदस्यरमेश लुइटेलले राखेका थिए ।
सल्लाहकार समिति सदस्य युवराज घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।




