काठमाडौं, २ असोज । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आकाश हुँदै हवाई यात्रा गर्न नदिने जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सेप्टेम्बर २१ मा अमेरिकाको यात्रामा निस्कँदै छन् । मोदी २२ सेप्टेम्बरमा ह्यूस्टनमा हुने ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुँदैछन् ।

आफ्नो हवाई क्षेत्रबाट यात्रा गर्न अनुमति नदिएको पुष्टि गर्दै पाकिस्तानी विदेश मन्त्री शाह महम्मूद कुरैशीले भने, ‘भारतले पाकिस्तानी आकाश भएर प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनी जान चाहेको भन्दै अनुरोध गरेको थियो । तर कश्मीरको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै हामीले अनुमति नदिने निर्णय लियौं ।’

उनले भने, ‘हामीले भारतीय उच्च आयोगलाई जानकारी गराइसक्यौं कि नरेन्द्र मोदीको यात्राका लागि हामीले आफ्नो हवाई क्षेत्र भएर उड्न अनुमति दिंदैनौं ।’

विदेश मन्त्री कुरैशीले भने, ‘प्रधानमन्त्री मोदीको यात्राका लागि २० सेप्टेम्बरमा जर्मनी जान र २८ सेप्टेम्बरमा फर्कनका लागि भारतले पाकिस्तानी आकाश प्रयोग गर्ने अनुमति मागेको थियो । तर हामीले अनुमति दिएनौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जाँदैछन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि न्यूयोर्क जाँदैछन् । उनले संयुक्त राष्ट्र संघमा कश्मीर मुद्दामा बोल्ने सम्भावना रहेको छ । खानले सेप्टेम्बर २७ मा महासभामा सम्बोधन गर्दैछन् ।

भारतले भने पाकिस्तानले प्रधानमन्त्री मोदीका लागि हवाई क्षेत्रको अनुमति नदिएर अन्तर्राष्ट्रिय कानुन मिचेको आरोप लगाएको छ ।

यसअघि भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हवाई जहाजलाई पनि पाकिस्तानले आफ्नो आकाशमा उड्न अनुमति दिएको थिएन ।

भारतले कश्मीरलाई विशेष राज्यको भूमिका दिने संविधानको धारा ३७० खारेज गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्धमा तिक्तता आएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah