१८ वर्षअघि अनुहारमा कालो रङ्ग पोतेर खिचिएको तस्बिर सार्वजनिक भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्षमायाचना गरेका छन् । जातीय भेदभावको सङ्केत गर्ने उक्त तस्बिरका कारण निर्वाचनको मुखमा ट्रुडो विवादमा परेका छन् ।

सन् २००१ मा वेस्ट पोइन्ट अक्याडमीमा साथीहरूसँग खिचिएको उनको तस्बिर टाइम म्यागजीनले हात पारेको थियो । उक्त तस्बिरबारे टिप्पणी गर्दै उनले आफ्नो व्यवहारका कारण “गहिरो पश्चात्ताप” भएको र आफूले त्यसो नगर्नुपर्थ्यो भन्ने लागेको बताएका छन् ।

अपरिपक्व उमेरमा आफूले कति पटक रङ्ग दलेको थियो त्यो अहिले सम्झना नभएको उनले बताएका छन् । उनी त्यति बेला भ्यान्कूभरस्थित उक्त निजी विद्यालयमा अध्यापन गर्थे ।

के भने ट्रुडोले ?

ट्रुडो आगामी महिना (अक्टोबर २१) मा हुने निर्वाचनमा पुन: प्रतिस्पर्धा गर्दैछन् । उनका पिता पिएर ट्रुडो पनि अस्ट्रेलियाका प्रधानमन्त्री थिए । अरू तस्बिर पनि प्रकाशित हुन थालेपछि विनिपेगमा संवाददाताहरूलाई उनले भने, “पछिल्ला तस्बिरबारे म चिन्तित छु, ठ्याक्कै सङ्ख्या भन्न सक्ने अवस्थामा छैन किनकि मलाई सम्झना छैन् ।”

कडा प्रतिस्पर्धा हुने ठानिएको निर्वाचनअघि ती तस्बिरहरू सार्वजनिक भएकाले उनको निर्वाचन अभियान प्रभावित बन्ने देखिएको छ । प्रगतिशील नीतिलाई आफ्नो मूल चुनावी नारा बनाएका ट्रुडोलाई यो विषयले लाजमर्दो बनाएको छ ।

यो काण्ड सार्वजनिक भएपछि विनिपेगमा बिहीवार दोस्रो पटक ट्रुडोले आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले भने, “जुनसुकै परिस्थिति वा सन्दर्भमा पनि अनुहार कालो बनाउनु सधैँ अस्वीकार्य हो किनभने त्यसरी कालो अनुहार बनाउने कुरा जातिभेदको इतिहाससँग जोडिएको छ ।”

“मैले त्यस बेलै यो कुरा बुझ्नुपर्थ्यो र यस्तो कहिल्यै पनि गर्नुहुँदैन थियो ।” आफूले धेरै मानिसलाई निराश बनाएको स्वीकार गर्दै उनले विगतलाई सम्झिँदै आफूले माफी मागेको पनि उल्लेख गरेका छन् ।

उनले अन्य उदारवादी उम्मेदवारहरूलाई पनि टेलिफोन गरेर उनको व्यवहारका लागि माफी माग्न अनुरोध गरिरहेका छन् ।

तस्बिरमा के छ ?

बिहीबार एउटा भिडियाे सार्वजनिक भएको छ जसमा ट्रुडोले सेतो टीशर्ट र च्यातिएको जीन्स लगाएका छन् तथा उनको अनुहार र हातखुट्टामा कालो रङ्ग दलिएको छ। सन् १९९० को दशकमा खिचिएको उक्त दृश्यमा उनी हाँसिरहेको देखिन्छ । उनको हात हावामा फैलिएको छ र उनले जिब्रो बाहिर निकालेका छन् ।

त्यस समयमा ट्रुडो आफ्नो किशोरावस्थाको अन्त्यतिर वा २० वर्षको आरम्भतिर थिए । त्यसरी अनुहार कालो बनाउने चलन विगतमा मनोरञ्जन उद्योगमा थियो । त्यसमा श्वेतवर्णका मानिसहरूले रङ्ग दलेर आफ्नो अनुहारलाई कालो बनाउँथे। जातिवादीहरूले व्यङ्ग्यका रूपमा त्यसो गर्ने गर्थे ।

अरू विवाद के छन् ?

आफ्नो छवि जोगाउन सङ्घर्ष गरिरहेका प्रधानमन्त्रीले भ्यान्कूभरको विद्यालयको उत्सवमा झन्डै दुई दशकअघि खैरो अनुहार देखिने शृङ्गार गरेकोमा बुधवार क्षमा मागेका थिए ।

टाइम म्यागजीनले प्राप्त गरेको सन् २००१ को वार्षिक पुस्तकमा त्यसबेला २९ वर्षका रहेका ट्रुडोले छालाको रङ्ग अर्कै देखिनेगरी अनुहार र हातमा रङ्ग दलेको देखिन्छ । त्यसमा उनले एक जना काल्पनिक पात्र अलादिनले जस्तै पहिरन लगाएका छन् ।

अर्को तस्बिरमा ट्रुडोले आफू विद्यालयमा पढ्दा एउटा ट्यालेन्ट शोमा अनुहारमा रङ्ग दलेर प्रस्तुति दिएको देखिन्छ । उनले अमेरिकी नागरिक अधिकारकर्मी ह्यारी बेलाफोन्टीले लोकप्रिय बनाएको डे ओ भनिने जमैकाको एउटा लोकगीत गाएका थिए ।

कस्ता प्रतिक्रिया आएका छन् ?

रक्षामन्त्री हरजीत साज्जनले क्यानेडाली प्रसारक सीबीसीलाई दिएको अन्तर्वार्तामा ट्रुडोले गल्ती गरेको स्वीकारे । तर उनले विविधतालाई प्रवधर्न गर्ने ट्रुडोको नीतिको प्रशंसा पनि गरे । उदारवादी दलका सांसद ओमार अल्घाब्राले ती तस्बिर देखेर आफ्नो चित्त दुखेको बताए।

विपक्षी कन्जर्भेटिभ दलका नेताले ट्रुडोले गरेको क्षमायाचना “अवास्तविक” भएको टिप्पणी गरेका छन् । न्यू डेमक्र्याटिक पार्टीका नेता जग्मीत सिंहले बुधवार उक्त तस्बिर समस्याकारी र अपमानजनक भएको बताएका थिए । सीबीसीका एक कार्यक्रम प्रस्तोताले ती तस्बिरले ट्रुडोको वास्तविक परिचयलाई हानि पुर्‍याएको उल्लेख गरेका छन्। बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah