एजेन्सी/ दक्षिण कोरियाका एक चिकित्सकले झुक्किएर अर्कै महिलाको गर्भपात गराएको प्रहरीले बताएको छ ।

नाम नखुलाइएकी महिला ६ हप्ताको गर्भवती थिइन् र उनी पोषणयुक्त खानेकुरा लिन क्लिनिक गएकी थिइन् ।

तर चिकित्सक र नर्स दुवैले उनी को हुन् भनी चेक गरेनन् अनि गर्भपातअघि बेहोश बनाउने सुई दिए ।डेढ महिनाअघि भएको यो घटनामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

उक्त क्लिनिक राजधानी सउलको गाङ्सेओ जिल्लामा छ ।योन्हाप समाचार संस्थाका अनुसार, ती भियतनामी महिलालाई घटना भएको दिन उनी गर्भवती रहेको कुरा बताइएको थियो ।

उनलाई पोषणयुक्त सुई लगाउने सिफारिश गरिएको थियो र क्लिनिकको डेलिभरी रूममा त्यो सुई लिन भनिएको थियो ।

तर विभिन्न रोगीको रेकर्डहरू मिसमास भएपछि नर्सले ती महिलाको पहिचान पुष्टि नगरिकनै बेहोश बनाउने सुई लगाइदिएकी थिइन् । अनि चिकित्सकले नबुझिकनै गर्भपात गरिदिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah