काठमाडौं/ इन्डोनेसियाको संसदबाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ ।
सो मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ । भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मानिनेछ ।
यस्तै, विवाहपूर्ण यौनसम्बन्ध राख्नु अपराध मानिनेछ । जसमा आरोपीलाई एक वर्ष जेल सजाय हुनेछ । विवाह नगरी सँगै बसेमा ६ महिना जेल सजायको व्यवस्था गरिएको छ । राजधानी दैनिकबाट



