नयाँदिल्ली : भारतको केरलास्थित एक चर्चमा दुई क्रिस्चियन समुदायबीचको विवादले तनाब उत्पन्न भएको छ ।मतभेद बढ्दै जाँदा उनीहरु प्रदर्शनमै उत्रिएका छन् । बिहीबार चर्चमै प्रहरी पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ । पादरीसहित चर्चका विश्वासीहरु समेत दुई खेमामा विभक्त छन् । अर्थोडक्स र ज्याकोबिट समूह मतभेद भएपछि दुई खेमामा बाँडिएका हुन् ।

 

केरलाको एर्नाकुलम गाउँमा रहेको पिराबोम बालियापल्ली चर्चमा यस्तो घटना भएको हो । बिहीबार दिनभर सयौंको संख्यामा क्रिश्चियन धर्मावलम्बीहरु प्रदर्शनमा उत्रिएका थिए ।

बिहीबार प्रहरीले घटनास्थलमा पुगेर चर्चको गेट नै तोडेर ज्याकोबिट समूहका प्रदर्शनकारीहरुलाई बाहिर लगेको थियो । तर यदी प्रहरीले आफूहरुलाई दबाव दिएको खण्डमा चर्च अगाडिकै नदीमा हामफाल्ने भन्दै ज्याकोबिट विश्वासीहरुले चेतावनी दिएका छन् ।

घटना चर्किँदै जाँदा पादरी र अन्य विश्वासीहरु चर्च अगाडि प्रदर्शनमै उत्रिएका थिए । यो विवाद चर्किँदै जाँदा अदालतमा समेत पुगेको थियो । अदालतले ज्याकोबिट विश्वासीहरुलाई नियन्त्रणमा लिएर अन्य विश्वासीलाई छिर्न दिनुपर्ने फैसला गरेपछि विवाद चर्किएको हो ।

ज्याकोबिटहरुले अदालतको फैसला विपरीत अन्य विश्वासीलाई चर्चमा छिर्न नदिएर गेटमै ताला लगाइदिएका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर घटना नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah