काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपपेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं अध्यक्ष नवराज सिंखडाले भने, ‘रेखालाई उम्मेदवार बनाउने हाम्रो तयारी हो ।’ रेखाले यसबारे छलफल गरौंला भनेकी छन् ।

राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले उपमहानगर र महानगरका उम्मेदवार जिल्लाको सिफारिसमा केन्द्रले तोक्ने जानकारी दिए । राजाराम श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए । र, उनले यो पटक उम्मेदवार नबन्ने योजना रहेको बताए । तर, पार्टीले उम्मेदवार बनाए पछि नहट्ने बताए । नायिका थापा भने हालै मात्र राप्रपामा प्रवेश गरेकी थिइन् र केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । ललितपुर महानगरपालिकाको मेयरमा केन्द्रीय सदस्य निरन्जन थापा र नरेश श्रेष्ठको नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah