काठमाडौं । ७६ जना सवार विमान आकस्मिक अवतरण गराइएको छ । अस्ट्रेलियाको ब्रिसबेनमा एउटा विमान आकस्मिक अवतरण गराइएको हो । विमानस्थलबाट उडान भर्नासाथ टायर पड्किएपछि आकस्मिक अवतरण गराइएको हो ।

अधिकारीहरुका अनुसार क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको समाचार एजेन्सीमा उल्लेख गरिएको छ ।

टायर पड्किँदा विमानमा ठूलो आवाज आएपछि यात्रु डराएका थिए । लगत्तै पाइलटले टायर पड्किएको जानकारी दिँदै यात्रुलाई नआत्तिन आग्रह गरेका थिए । उनले एयर ट्राफिक कन्ट्रोललाई विमानको अवस्था जानकारी गराउँदै ब्रिसबेन विमानस्थलमै अवतरण गराउन चाहेको बताएका थिए ।

विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो । अवतरणका लागिमात्र चाहिने इन्धन बाँकी रहेपछि विमानलाई विमानस्थलमा ओरालिएको थियो । विमान सकुशल अवतरण गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah