काठमाडौं –श्रीमतीले धोका दिएपछि एक युवकले दुई बच्चा सहित आत्महत्या गरेका छन् । उनले दुई बच्चाको साथमा एक भवनको नवौं तलबाट हामफालेको बताइएको छ ।
रूसको सारातोवमा बस्ने ३० वर्षिय रोमन मिखइलोवकी पत्नीले त्यस दिन पारपाचुके गर्ने मनसायमा रहेकी थिइन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, रोमनले आफ्नो र दुई बच्चाको साथ बालकनीमा उभिएर एक तस्वीर खिचेर आफ्नी पत्नीलाई पठाएका थिए ।
उसकी पत्नी –इरिना)ले तस्वीर देखेपछि घर फर्किन् तर त्यतिखेर उनीहरूको मृत्यु भइसकेको थियो । उनीहरूमध्ये पति रोमन र नवजात शिशु आर्तियोमको घटनास्थलमै मृत्यु भएको थियो भने चार वर्षिया छोरी सोफियाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
उनले लेखेको सुसाइड नोटमा पत्नी इरिनाका कारण यस्तो भएको लेखिएको छ । एजेन्सी



