काठमान्डौ / संसारमा बचेखुचेका राजाहरू पनि अनेकखालका उपद्रो मच्चाएर जग हसाइरहेका हुन्छन् । यस्तै जग हसाउने एक राजा हुन् थाइल्याण्डका राजा महा वाचिरालङ्कन ।पत्नी फेर्ने मामलामा बदनाम उनले केही समयअघि आफ्नै लामो समयदेखिकी एक भित्रिनीलाई उपपत्नीको दर्जा दिएर संसार हसाएका थिए । अहिले उनले विश्वासघात गरेको भनेर तिनै उपपत्नीलाई पदबाट हटाएको घोषणा गरेर फेरि अर्कोपटक जग हसाएका छन् ।यी राजा उनका बाबुको मृत्यु भएपछि सन् २०१६ मा राजा भएका थिए ।
उनले आफ्नी उपपत्नीले पत्नी हुन खोजेर महारानीको पद हासिल गर्न खोजेकाले बर्खास्त गर्नुपरेको सार्वजनिक जानकारी गारएका छन् ।उनको राज्यभिषेक भने केही समयअघि मात्र भएको थियो ।यी राजाले गत मे महिनामा चौथो पत्नीका रूपमा सुथिदालाई भित्राएका थिए । भूतपूर्व विमानपरिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा लामो समयदेखि राजा वाचिरालङ्कनककी साथी थिइन्। उनी उनको प्रमुख अंगरक्षक पनि थिइन् । तिनै अंगरक्षकलाई महारानी बनाएका उनको यो निर्णयको आलोचना पनि भएको थियो ।
त्यसको दुई महिनापछि नै आफ्नी लामो समयदेखिकी अर्की एक भित्रीनी सिनीनातलाई उपपत्नी अर्थात् ‘चाओ ख’न फ्रा सिनीनात बिलासकलयानी’को उपाधि दिएका थिए।अहिले उनले त्यही उपाधि खोसिदिएका हुन् । उपाधि खोसिएकी सिनीनात थाइ सेनाकी मेजर जनरल र राजाकै एक अ’ङ्गरक्षक हुन् । उनी तालिमप्राप्त विमानचालक र नर्स पनि हुन् । यी राजाले चार पटक विवाह गरे । सोमसवालीसँग १९७७मा विवाह गरेका उनले सन् १९९४ मा युवाथिदा फोल्प्रसिथलाई दोस्रो रानी बनाए ।उनले सन् १९९६ मा दोस्री पत्नी र तिनबाट जन्मेका चार छोरालाई परित्याग गरे ।
उनी भागेर अमेरिका गइन्। त्यसपछि उनले २००१ मा श्रीरात सुवादीलाई तेस्रो पत्नी बनाए । उनले २०१४ मा ती रानीको पनि सबै राजकीय उपाधि खोसेर दरबारबाट निकालिदिए। यी सबै उनले युवराज हुँदै गरेका राज-उपद्रो हुन् ।सैनिक शक्तिको आडमा उपद्रो मच्चाइरहेका यी राजाको उपद्रो २१औं शताव्दीका थाइ जनताले रमिताको रूपमा हेरिरहेका छन् ।



