वासिङटन । अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर गेविन नेवसोमले शुक्रबार लस एन्जलस र सोनोमा क्षेत्रमा भएको भीषण आगलागीको प्रभाव तथा खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकाल घोषणा गरेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ ।
यो आगो सोमबार सोमबार लस एन्जलसबाट लगभग ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटामा आगलागी भएको थियो । सञ्चारमाध्यमका अनुसार नेवसोमले भनेका छन्, ‘म राज्यको संविधानअनुसार अधिकारीलाई उपयोग गर्दै लस एन्जलस तथा सोनोमा क्षेत्रमा लागेको आगोकालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्दछु ।’ समाचार एजेन्सीअनुसार आगलागीमा परेर अहिलेसम्म पाँच सय घर जलेका छन् भने कैयौं घर क्षतिग्रस्त बनेका छन् ।




