
झापाको दमक स्थित दमक पब्लिक लाइब्रेरी साहित्यकार तथा समाजमा बिशिष्ट पहिचान बनाएका ब्याक्तित्वहरुको अनुभव साटासाट गर्ने तथा उत्प्रेरणात्मक कार्यक्रम गर्ने थलोको रुपमा बिकास बन्दै गएको छ । लाइब्रेरीका संस्थापक तथा अध्यक्ष भेषराज न्यौपानेका अनुसार शनिबार मदन पुरुस्कार प्राप्त गरेका बरिष्ठ साहित्यकार कृष्ण धाराबासीसंग स्थानीय युवा तथा लाइब्रेरीका पाठकहरुले अन्तरक्रिया गरेकाछन् । उक्त छलफलमा साहित्यकार प्रकाश बुढाथोकी, बिष्णु न्यौपाने, मेची पुत्र लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन डिपिल युथ समुहले गरेको बताइएको छ ।



