
काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । आइतवार मात्रै दोस्रो चरणको चुनाव जेठ ३१ गते घोषणा गरेको थियो ।
जसअनुसार उम्मेदवारी दर्ता जेठ १९ गते हुने भएको छ । त्यस्तै उम्मेदवारहरुलाई जेठ २२ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । पहिलो चरणमा ३, ४, ६ नंम्बर प्रदेश नम्बर र दोस्रो चरणमा १, २, ५ र ७ नंम्बर प्रदेशमा चुनाव हुनेछ ।



