काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक महिला पत्रकारले अहिले ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् ।

पत्रकार जीन क्यारोलले ट्रम्पमाथि बलात्कारको आरोप गत जुन महिनामा लगाएकी थिइन् र ट्रम्पले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।

ट्रम्पले २३ वर्षअघि न्युयोर्कको म्यानह्याटनस्थित बर्गडोर्फ गूडम्यान डिपार्टमेन्ट स्टोर्सको ड्रेसिङ रूममा आफ्नो बलात्कार गरेको उनको दाबी छ ।

सोमवार म्यानह्याटनस्थित एक अदालतमा उनले मानहानिको मुद्दा हालेर ट्रम्पले लगातार झूटा ट्वीट गरेर आफ्नो गरिमामा आघात गरेको दाबी गरेकी छन् ।

एक पत्रिकामा सल्लाहकार स्तम्भ लेख्ने क्यारोलले ट्रम्पको झूटबाट आफ्नो सत्यनिष्ठा, इमान्दारी र प्रतिष्ठामा दाग लागेको निवेदनमा लेखिन् ।

क्यारोलले ट्रम्पमाथि बलात्कारको आरोप एक लेखमा लगाएकी थिइन् । त्यतिखेर उनी एक किताब प्रकाशित गरिरहेकी थिइन् । उक्त किताबमा बलात्कारको प्रसंग छ ।

तर ट्रम्पले क्यारोलको कुरालाई झूटो भन्दै किताबको बिक्री बढाउनका लागि तथा राजनीतिक एजेन्डाले प्रेरित भएर आफूमाथि आरोप लगाइएको बताएका थिए ।

ट्रम्पले भनेका थिए, ‘डेमोक्रेटिक पार्टीसँग मिलेर षड्यन्त्र रच्ने प्रयासअन्तर्गत अनि पैसा कमाउनका लागि यो आरोप लगाइएको हो ।’ एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah