सनातन हिन्दु धर्ममा भगवान गणेशको विशेष महत्व छ । भगवान गणेशलाई कार्य सिद्धिका रुपमा पनि लिइन्छ । कुनैपनि नयाँ काम अथवा कुनैपनि धार्मिक कार्य गर्नुपरे सर्वप्रथम गणेश भगवानको पुजा गर्नुपर्छ ।

पौराणिक कालमा गणेशजीलाई पिताजी शिवजीबाट बरदान प्राप्त भएको थियो । जुन बरदान अनुसार कुनैपनि धार्मिक कार्य गरिए सर्वप्रथम गणेशको पुजा गर्नुपर्छ । धार्मिक पुजा अनुष्ठान गर्दा सर्वप्रथम गणेश भगवानको पुजा नगरिए त्यो पुजा अनुष्ठानको फलप्राप्त नहुने विस्वास छ । त्यहि भएर सनातन धर्मावलम्बीले आफ्ना कुनैपनि धार्मिक कार्यमा गणेशजीको पुजा गर्न छुटाउँदैनन् ।

गणेश भगवानको पुजा कसरी सुरु भयो ?

पौराणिक ग्रन्थ अनुसार एक दिन देवादिदेव महादेवले आफ्ना दुई सुपुत्र कुमार र गणेशजीलाई सुमेरु पर्वतको दर्शन गरेर आउन भन्नु भयो । साथै जसले पहिला सुमेरुको दर्शन गरेर आउँछ उसलाई वरदान दिने भन्नुभयो ।

पिताजीको आज्ञा अनुसार आफ्नो वाहन मयुरमा तत्कालै सवारी भएर कुमारजी सुमेरु पर्वत तिर लागे । तर, बडेमाको शरीर भएका हात्तिको शिर भएका गणेशजीलाई भने बडो पीर पर्यो । किनभने उनी कुमार जसरी दौडेर एकैछिनमा कैलाशको फेरो लगाउन सक्दैनथे । त्यसमाथि उनको वाहनपनि मुसक थियो । मयुरको जस्तो पंखा थिएन उडेर सुमेरु पर्वत जान । त्यसमाथि मुसाको सवारी गर्ने गणेशजीलाई बोकेर मुसक राजाले पनि कैलाश पर्वत चढ्ने आँट गर्न सक्दैनथे । यो सबै मनन गरेर बडो दुखः माथि मैले पिताजीको आज्ञा पुरा गर्न सकिन भनेर पश्चाताप गर्दैथिए । त्यत्तिकैमा मुसक राजाले गणशजीलाई भने ‘हे महाराज संसारमा मातापिताजीको दर्शन भन्दा भन्दा ठूला दर्शन केही हुँदैनन् । जसले मातापिताको सेवा गर्दछ त्यो संसारमा सबैभन्दा श्रेष्ठ र योग्य हुन्छ । तपाईले कैलाश पर्वत चढिरहनै पर्दैन । मातापिता बसेको स्थानमा गएर विधिपूर्वक उहाँहरुको पुजा आजा गरी सेवा गर्नुहोस हजुरलाई फल प्राप्त हुन्छ ।’

मुसक राजले यसो भनेपनि मनमा धेरै कुरा मनन गरी अत्यन्त हर्षित भै गणशजीले भने ‘मुसक राज तपाईले अत्यन्त राम्रो कुरा भन्नु भयो मेरो आँखा खोलिदिनु भयो, यो संसारमा मातापिता भन्दा ठूलो अरु कुनै देवता हुन सक्दैन । म अहिल्लै मातापिताजीका चरणमा जान्छु ।’

यतिभन्दै कैलाश पर्वतमा विराजमान शिवपार्वतीका अगाडी गई पाउमा स्राष्टाङ्ग दण्डवत गरी, विधिपूर्वक वेल, फुल, नैवेद्य आदी विभिन्न वस्तु अर्पण गर्दै दुवै आँखा चिम्ली गणेशजीले भने ‘हे निराकार, हे त्रिनेत्र धारी, हे जटाधारी, तिम्रै शिरमा गंगा बग्छिन्, तिमी नै सृष्टिका संरक्षक, तिमी नै संहारकर्ता तिमीभन्दा ठूला मेरा लागि कोही छैन । तिम्रो पुत्र भएर जन्मनु नै मेरो लागि अहोभाग्य हो । हे शशिशेखर, हजुरले सुमेरु पर्वत दर्शन गरेर आउन भन्नुभयो, तर, मेरा लागि हजुरनै सुमेरु पर्वत हुनुहुन्छ । यो सृष्टि नै हजुरबाट भएको हो, त्यस कारण मैले हजुरलाई नै सुमेरु पर्वत ठानी दर्शन गरे । मेरो आराधना स्विकार्नुहोस प्रभु !’

यसरी नानातरहले गणेशजीले भगवान शिव पार्वतीको पुजाआजा गरेपनि भगवान शिवजी अत्यन्त प्रशन्न भइ भन्नुभयो ‘प्रिय पुत्र गणेश तिम्रो सेवा र प्रार्थनाबाट म प्रशन्न भएँ, तिमीले लोक कल्याणको कुरा गर्यौ, जसले आफ्ना मातापिताको सेवा गर्दछ । जसले आफ्ना पितृहरुको मुक्तिको काम गर्दछ त्यसले यस लोकमा अत्यन्त सुख भोग गरी परलोकमा स्वर्गको बास गर्दछ । तिम्रो आराधनाबाट म प्रशन्न भएँ, बरदान तिमीलाई बरदान दिन्छु’

पिताजीका यस्ता बचन सुनि अत्यन्त हर्षित भए गणेशजी । त्यहि बखत शिवजीले गणेश लाई भन्नुभयो–‘अब देखि यस लोक र परलोकमा जसले पनि शुभ कार्य गर्दछ सर्वप्रथम तिम्रो पुजा गर्नुपर्दछ । तिमीलाई पुजा नगरी गरेको कार्य अपुरो हुनेछ । मेरो बरदान भयो ।’ यसरी आषुतोष भगवान शिवजीले गणेशजीलाई बरदान दिएपछि स्वर्ग मत्र्य, पाताल तिनै लोकमा कुनैपनि पर्व अनुष्ठान गर्दा सर्वप्रथम गणेशजीको पुजा गर्ने चलन आएको हिन्दु धर्म ग्रन्थ श्री स्वस्थानीमा समेत उल्लेख छ ।

गणेशजीलाई विध्नकर्ता समेत भनिन्छ । घरमा नित्य रुपमा गणेशजीको पुजाआजा गरे मंगल हुन्छ । रोग ब्याध पर रहन्छन् भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah