काठमाडाैं/ दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन्।

राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ। त्यसमाथि सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन्। वर्षौं कठोर परि श्रम गर्छन्। सबैको सपना पूरा हुँदैन। तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन।

सागमा नेपालले पदकको आशा गरेका खेलाडी हुन्, तुलसा। अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्।

यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो। ‘प्रतियोगिताको मुखैमा हामी सबैलाई ढाँटेर विदेश भागिन्’, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले भने, ‘उनीबाट हामीले गतिलो आशा गरेका थियौं। यो घटनाले हामी स्तब्ध छौं।’

गुरुङका अनुसार तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान ५ः३० बजे होटलबाट बाहिरिएकी थिइन्। ‘होटलका गार्डलाई उनले पूजा गर्न मन्दिर हिँडेको भनेर ढाँटिछन्’, उनले भने, ‘हातमा पूजाको थाली पनि बोकेकी रैछन्।’

प्रशिक्षणस्थलमा नपुगेपछि उनको खोजी भयो। तर, मन्दिर जान्छु भनेकाले कसैले खासै वास्ता गरेनन्। दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि मात्र गम्भीर रूपमा उनको खोजी हुन थाल्यो।

तुलसाका प्रशिक्षक राकेश वज्राचार्यले उनी प्रशिक्षणमा उपस्थित नभएको जानकारी सम्बन्धित अधिकारीहरूलाई गराएका थिए। त्यसपछि उनका साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि सुटुक्क कतार हिँडेको पत्ता लागेको थियो। तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्।

उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको प्रमुख प्रशिक्षक गुरुङले बताए। राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले यसबारे जानकारी पाएको जनाए। ‘तुलसा भागेको जानकारी हामीलाई प्राप्त भइसकेको छ’, उनले भने, ‘मैले पनि यस विषयमा युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिलाई जानकारी गराएको छु।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah