प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलो भएको छ । नतिजा घोषणा भएका ५२ स्थानको मतपरिणाममा नेकपाले ३० स्थानमा जितेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले ४ स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र २४ वडाध्यक्ष पद जितेको छ । कांग्रेसले भने १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।

समाजवादीका उम्मेदवार ४ र राजपाका उम्मेदवारले ३ वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बाग्लुङमा प्रदेशसभा सदस्य जितेका छन् भने १ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah