श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झगडा हुन्छ । ‘बुढाबुढीको झगडा परालको आगो’ भन्ने त उखाननै छ ।श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्वभाविक नै हो । त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ ।

पतिपत्नीबीचको समस्या वा झगडालाई तेस्रो व्यक्तिसँग पुर्‍याउँदा दुई जनाबीचको दरार झन् बढ्ने भएका कारण यस्ता समस्यालाई सकेसम्म दुई जनाबीच नै समाधानको प्रयास गर्ने गर्नुहोस् ।त्यसैले पति पत्नीले केही कुरालाई दुई जनाबीच मात्र सिमित राख्न जरुरी छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच समस्या देखिने छैन ।

पति पत्नीबीचको झगडा

पति पत्नीबीच कहिलेकाहीँ झगडा हुन सक्छ । माथि नै भनिएको जस्तो पति पत्नीको झगडा परालको आगो जस्तै हो । तर यही कुरा अर्को पक्षकहाँ पुग्दा त्यसले उग्र रुप लिने सम्भावना पनि हुन जान्छ । वा तेस्रो पक्षले त्यस्ता कुरामा खेल्ने सम्भावना पनि हुन जान्छ ।

शयन कक्षका कुरा

पति पत्नीले शयन कक्षा वा वेडरुमका कुरालाई सामान्यतया दुई जनामा सिमित राख्दा फाइदा पुग्छ । यस्ता विषयमा मानिसहरुको विशेष चासो रहन सक्छ । एक जना मिल्ने साथीबाट अर्कोमा सेयर हुन जानसक्छ र त्यही कुरा पुन पति वा पत्नीले थाहा पाएमा त्यसले सबैभन्दा ठूलो समस्या ल्याउन सक्छ ।

पति पत्नीबीच हुने यौन सम्बन्ध, प्रकृया, लगायतका विषयमा अन्यसँग खुलेर कुरा गर्दा कहिलेकाही त्यसले नकारात्मक असर पुर्‍याउन सक्छ ।

आर्थिक कुरा

पारिवारिक कलहको अर्को कारण आर्थिक पक्ष हो । आर्थिक रुपमा कमजोर अवस्था भएको खण्डमा यी समस्याहरु धेरै आउने गरेको पाइन्छ । पतिले पत्नीको र पत्नीले पतिको कमाइ कम छ, राम्रो गर्न सकेकै छैन भन्ने अरुलाई सुनाउन जरुरी छैन । किनकी समस्याहरु त पति पत्नी मिलेर नै समाधान गर्ने हो । आर्थिक रुपमा कमाइ गर्न सकेको छैन, पारिवारिक अवस्था यस्तो कमजोर छ लगायतका कुरा बाहिर गर्दा उनीहरुले तपाई माथि हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन गर्न सक्छन् ।

नकारात्मक कुरा

पति पत्नीको सम्बन्ध सधैं राम्रो मात्र हुन्छ भन्ने हुँदैन । यो दुई पक्षबीचको आपसी सहमतिको सम्बन्ध भएका कारण यो सम्बन्धलाई राम्रो बनाउन सकेसम्म सकारात्मक सोच राख्न आवश्यक हुन्छ । पति वा पत्नीको नकारात्मक मात्र कुराबारे साथीभाइसँग सेयर गर्नुभयो भने उनीहरुले पनि त्यसमा हो मिलाउने र दुई जनालाई मिलाउनु भन्दा एक पक्षलाई उचाल्ने, डिभोर्सका लागि उक्साउने आदी कार्य गर्न सक्छन् । त्यसैले नकारात्क विषयलाई मात्र नभइ सकारात्मक विषयलाई प्राथमिकता दिने गर्नुहोस् ।

विवाह पूर्वको सम्बन्ध

पति पत्निले विवाह भन्दा पहिलाको सम्बन्धबारेमा कुरा गर्दा धेरैमा समस्या पर्ने गरेको छ । केहीले त्यस्ता सम्बन्धलाई स्वीकार गर्न सक्दैनन् । त्यसैले यस्ता सम्बन्धहरुलाई सकेसम्म आफैंमा वा पति पत्नीबीचमा राख्ने गर्नुहोस् । ‘मेरो पतिको त पहिला फलानो फलानोसँग अफियर रहेछ नि’ वा मेरो पत्नीको फलानोसँग चक्कर चलेको रहेछ नि भन्दै मिल्ने साथीलाई भन्दा पनि त्यस्ता विषय अन्यत्रसम्म फैलने र रमाइलो रमाइलैमा साथी भाइले त्यस्ता विषयलाई उडाउने आदी गर्दा समस्याहरु उत्पन्न हुन जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah