संघीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको छ । समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ती प्रकाशित गर्दै संसदमा दर्ता भएको महाभियोग प्रस्तावले न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गरेको भन्दै फिर्ता लिन माग गरेका हुन ।
कार्यपालिकाले न्यायपालिका माथि नियन्त्रण र हस्तक्षेप गर्न महाअभियोग प्रस्ताव ल्याएको समाजवादीको आरोप छ । संघीय समाजवादीले गैरकानूनी तरिकाबाट आफ्नो व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभावमा पार्न खोज्नु गैर लोकतान्त्रिक चरित्र र भएको पनि उल्लेख गरेको छ ।




