अफगानिस्तानको पूर्वीक्षेत्रमा रहेको घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मी मारिएका छन्।
प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिएका हुन्।
क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए।
शनिबार विहानको समयमा घटना भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी अरु दुई सुरक्षाकर्मी घाइते भएका छन् ।



