अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको छ । यो अस्ट्रेलियाको इतिहासकै सबैभन्दा तातो दिन भएको मौसमविद्हरूले बताएका छन् ।

मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा ४०.७ डिग्री सेल्सियसभन्दा बढी भएको बताएको छ । देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ।

अस्ट्रेलियाको झाडीमा फैलिएको डढेलोका कारण व्याप्त जनआक्रोश बढिरहेको बेला यो तथ्यांक आएको हो। यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलियाको तापक्रम उच्च भएको हो । मौसम विभागले आगामी दिनमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ।

अस्ट्रेलियाका कतिपय सहरमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो ।

यो साताको सुरुमा पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो । अस्ट्रेलियामा लामो समयदेखि खडेरी चलिरहेको छ। कतिपय स्थानमा वर्षौदेखिको खडेरीका कारण माटोबाट वाष्प वायुमण्डलमा जान नसकेकोले समेत तापक्रम बढ्न सहयोग पुगेको बताइएको छ।

अस्ट्रेलियाको मौसमसम्बन्धी निकायका अनुसार अस्ट्रेलियाको तापक्रम सन् १९१० यता एक डिग्री सेल्सिअसले बढेको छ र त्यसमा धेरै तापक्रम सन् १९५० यता बढेको हो। अस्ट्रेलियामा सबैभन्दा तातो १० वर्षहरूमध्ये नौ सन् २००५ यता मापन भएका छन् ।

अधिकारीहरूले सन् २०१९ सबैभन्दा तातो चार वर्षहरूमध्ये एक हुने पूर्वानुमान गरेका छन् । उच्च तापक्रमका कारण खडेरी, डढेलो र बाढीका संख्यामा वृद्धि भएको छ। सन् २०१९ अस्ट्रेलियामा सबैभन्दा कम पानी परेको वर्ष हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah