एजेन्सी । देशद्रोहको मामिलामा पाकिस्तानका पूर्व सेनाध्यक्ष तथा राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाइएको थियो । बिहीबार विशेष अदालतको यस फैसलाको पूर्णपाठ आएको छ ।

१६७ पृष्ठ लामो यस फैसलामा सजायअघि यदि मुशर्रफको मृत्यु भयो भने पनि उनको शव घसिटेर ल्याउन र शवलाई तीन दिनसम्म फाँसीमा झुन्ड्याउन भनिएको छ ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार अदालतको फैसलामा मुशर्रफको मृत्यु फाँसीको सजाय दिन अघि नै भयो भने उनको शवलाई इस्लामावादको डी चोकमा ल्याएर तीन दिन झुण्ड्याउन भनिएको छ ।

फैसलामा भनिएको छ, ‘हामीले अभियुक्तलाई हर एक अपराधमा दोषी पाएका छौँ । त्यसैले उनलाई फाँसीमा अन्तिम श्वाससम्म झुण्ड्याइयोस् ।’

‘यदी उनी यसभन्दा अघि मृत पाइए भने उनको शवलाई पाकिस्तानको राजधानी इस्लामावादको डी चोकमा ल्याएर त्यहाँ तीन दिनसम्म झुण्ड्याइयोस् ।’

पाकिस्तानमा कुनै सैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाइएको यो पहिलो अवसर हो । न्यायाधीशहरुको तीन सदस्यीय बेञ्चले २–१ को बहुमतले यो फैसला सुनाएको थियो । यसमा पेशावर हाइकोर्टका चीफ जस्टिस वकार अहमद सेठ, सिंघ हाइकोर्टका न्यायाधीश नजर अकबर र लाहोर हाइकोर्टका न्यायाधीश शाहिद करीम थिए । फैसलामा मुशर्रफलाई साथ दिने र सुरक्षा दिने सबै यस ममिलामा बराबर भागिदार भएको पनि उल्लेख गरिएको छ ।

मुशर्रफले भने, ‘सुनवाइको शुरुदेखि अन्त्यसम्म कानुनलाई नजरअन्दाज गरियो’

मुशर्रफले भने, ‘मैले टेलिभिजनमा आफ्नो विरुद्ध विशेष अदालतमा फैसला सुनेँ । वादी या उसको वकिललाई आफ्नो पक्षमा बहस गर्ने मौका दिइएन । यसअघि पाकिस्तानमा यस्तो कहिले पनि भएको थिएन । म यो फैसलालाई संदिग्ध मान्छु । सुनवाइको शुरुदेखि अन्त्यसम्म कानुनलाई नजरअन्दाज गरियो ।’

उनले विशेष कमीशन दुबई आएर बायन लिए आफू बयान दिन तयार रहेको पनि बताए । उनले बयान दर्ज गर्नका लागि अनुरोध पनि गरेका थिए तर त्यसलाई अस्वीकार गरिएको थियो । ७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा रहेका छन् । उनको त्यहाँ स्वास्थोपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah