राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानका ५२ स्थानमा ‘निशाना’ बनाइरहेको दाबी गरेका छन् । ईरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि हमला गरे, उसमाथि ‘तीव्र र शक्तिशाली’ हमला गर्ने उनले चेतावनी दिएका छन् ।

ईरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पको यस्तो बयान आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानीको मृत्यु भएको थियो । यस घटनापछि ईरानले सही समय र सही स्थानमा यसको बदला लिने धम्की दिएको थियो ।

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘ईरान अमेरिकी सम्पत्तिमाथि निशाना बनाउने भनेर ठूलो सहास लिएर बोल्दैछ ।’

उनले इरानका लागि ‘निकै महत्त्वपूर्ण र उसको संस्कृतिका लागि अहम’ रहेका ५२ स्थानमा अमेरिकाले निशाना बनाइरहेको दाबी गरे । ‘यदी ईरानले अमेरिकामाथि हमला ग¥यो भने निकै चाँडो र शक्तिशाली हमला गरिनेछ,’ उनले भनेका छन् ।

‘अमेरिका थप धम्की चाहँदैन,’ ट्रम्पले भनेका छन् । उनका अनुसार ५२ लक्ष्यले ती ५२ अमेरिकीहरुको प्रतिनिधित्व गर्छ जसलाई सन् १९७९ मा ईरानमा एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो ।

के भएको थियो शुक्रबार ?

इराकको बग्दादस्थित विमानस्थलको बाहिर शुक्रबार ईरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानी अमेरिकाको हवाई हमलामा मारिएका थिए ।

सुलेमानी ईरानको बहुचर्चित कुड्स फोर्सका प्रमुख थिए । यो फोर्सले ईरानद्वारा विदेशमा भइरहेको सैन्य अभियानलाई सञ्चालन गर्ने गथ्र्यो । सुलेमानी एक गुप्तचर अधिकारी र सैन्य अधिकारीको रुपमा ईरानका लागि निकै महत्त्वपूर्ण मानिन्थे ।

ईरानका सर्वोच्च नेता आयातोल्लाह खमेनेईपछि उनलाई ईरानको दोस्रो महत्त्वपूर्ण अनुहार भन्दा पनि गलत हुँदैन थियो । अमेरिकाले सन् २००७ को २५ अक्टुबरमा नै कुड्स फोर्सलाई आतङ्कवादी संगठन घोषणा गर्दै यस संगठनसँग अमेरिकीहरुलाई कुनै पनि लेनदेन गर्न प्रतिबन्ध लगाएको थियो । अमेरिकाले सुलेमानीलाई पनि आतङ्कवादी घोषणा गरेको थियो । सयौँ अमेरिकी नागरिकको मृत्युका लागि सुलेमानी जिम्मेवार भएको अमेरिकी दाबी थियो ।

ईरान र इराकको प्रतिक्रिया

ईरानका सर्वोच्च नेता आयातोल्लाह खमेनेईले कडा शब्दमा हत्याको भत्सर्ना गर्दै भनेका छन्, ‘अमेरिकाको हमलाका लागि जिम्मेदार अपराधीहरुसँग बदला लिइनेछ ।’ उनले सुलेमानीको हत्यापछि अमेरिका र इजरायलविरुद्ध थप शक्तिसहित लडिने पनि उद्घोष गरेका छन् ।

उता, इराकमा कमान्डर अबु महदी अल मुहादिसको मृत्युको पनि शोक मनाइदैछ । हमलामा सुलेमानीसँगै मुहादिसको पनि मृत्यु भएको थियो । कमान्डर मुहादिस ईरानसमर्थित कताइब हिज्बुल्लाह समुहका प्रमुख थिए ।

अल–मायदीन टेलिभिजनका अनुसार यस समुहले शनिबार ईराकी सेनालाई आइतबार पछि अमेरिकी सैन्य ठेगानाभन्दा कम से कम एक हजार मिटर टाढा बस्न चेतावनी दिएको छ ।

उता, ईरानको धम्कीपछि अमेरिकाले मध्यपूर्वका लागि थप ३ हजार अमेरिकी सैनिक पठाएको छ । साथै, अमेरिकाले ईराकमा रहेका आफ्ना नागरिकहरुलाई चाँडोभन्दा चाँडो देश छोड्न निर्देशन दिएको छ ।

के ट्रम्पको निर्देशन गैरकानुनी थियो ?

यता, अमेरिकामा राष्ट्रपति ट्रम्पले ईरानी सैन्य कमान्डरको हत्याका लागि दिएको निर्देशन कानुनसम्मत थियो कि थिएन भन्ने बहस शुरु भएको छ । पेन्टागनले राष्ट्रपतिको निर्देशनमा उक्त हवाई कारवाही गरेको बताएको थियो । ट्रम्पका र उनका सहयोगीहरुले अमेरिकी सेनालाई हमलाबाट जोगाउनका लागि उक्त कदम आवश्यक भएको भन्दै उक्त निर्णयको बचाउ गरेका छन् ।

तर, डेमोक्र्याटहरुले भने यस निर्णयका लागि ट्रम्पले कङ्ग्रेसबाट अनुमति लिनुपर्ने भनेर प्रश्न गरेका छन् । ‘उक्त हवाई हमलाको कानुनी औचित्य थियो कि थिएन भन्नेमा विवाद छ,’ डेमोक्र्याट सिनेटर क्रिस मर्फीले शुक्रबार प्रेस कन्फरेन्समा बताएका थिए ।

‘यो ईरानले अमेरिकी सेक्रेटरी अफ डिफेन्सको हत्या गर्नुजस्तै हो । यदी ईरानले हाम्रो सेक्रेटरी अफ डिफेन्सको हत्या गरेको भए हामी त्यसलाई युद्धको हर्कत मान्थ्यौँ र त्यही अनुसार प्रतिक्रिया जनाउथ्यौँ,’ उनले भनेका थिए । यसको उत्तर ट्रम्प प्रशासनले आफ्नो निर्णयका लागि बनाएको आधारको तथ्यमा रहेको छ जुन कहिले पनि सर्वाजनिक नहुनसक्छ ।

केही विश्लेषक र कङ्ग्रेसका सदस्यहरुले १९७३ वार पावर्स एक्टको सीमा नाघेर ईरानसँग तनावको स्थितिको जोखिम निम्त्याइरहेको बताएका छन् । उक्त कानुनमा अमेरिकी सेनालाई जोखिममा पार्ने कारवाही अघि कङ्ग्रेसको अनुमति चाहिने उल्लेख छ ।

‘मध्यपूर्वमा युद्ध दुर्घटनाबाट शुरु हुँदैन,’ वासिङ्टन डिसीमा रहेको कार्निएन इन्डाओमेन्ट फर इन्टरनेशनल पिसका फेलो एरन डेभिड मिलर भन्छन्, ‘त्यसअघि केही कारवाही र गलत धारणा हुन्छन् र एक पक्षले लिएको नयाँ कदमले तनावलाई नयाँ उचाईमा पु¥याउँछ । सुलेमानीको हत्या ठ्याक्कै त्यही कदम हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah