स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ १५ अघि सार्न निर्वाचन आयोग सकारात्मक भएको छ। दोस्रो चरणको निर्वाचन जेठ १५ अघि सार्न माग गर्दै लिखित ध्यानकर्षण बुझाउन बिहीबार निर्वाचन आयोग पुगेको एमालेको प्रतिनिधिमण्डलसग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले राजनीतिक तहमा सहमति भए आयोग जेठ १५ अघि नै निर्वाचन गर्न सक्ने र तयार रहेको बताएका थिए।
निर्वाचनको तिथि तोकेको छ। संसदीय दलका उपनेता सुवास नेम्बाङको नेतृत्वमा गएको टोलीले निर्वाचनसग सम्बन्धित आचार संहिता, सबैधानिक ब्यबस्था र ब्याबाहरिक कठिनाईका बिषयमा जिज्ञासा राखेको थियो। ‘निर्वाचन आयोग जेठ १५ अघि निर्वाचन सार्न सकारात्मक छ, तर त्यसका लागि राजनीतिक सहमति खोज्न आग्रह गरेको छ, यस बिषयमा राजनीतिक तहमा छलफल जारी छ’ नेम्बाङले भने।
उनले भने ‘हामीले आयोगलाई प्रश्न सोध्यौ, बैशाख ३१मा भएको मतदानको गणना कहिले गर्नुहुन्छ? १५ जेठमा बजेट ल्याउने ब्यबस्था छ , त्यसबेलामा ल्याएको बजेटले आचार संहिता उल्लंघन हुन्छ कि हुदैन’। नेम्बाङले आयोगबाट मतगणना सम्बन्धमा ठोस धारणा नआएको बताए।



