हामी मनोरञ्जनका लागि गीत संगीत सुन्छौ । कुनै कुरा कसैलाई बताउनु पर्‍यो भने वा अभिव्यक्तिको माध्यमको रुपमा पनि आवाजकै प्रयोग गछौं । यो सबै कुरा हाम्रो कानको सुन्ने शक्तिको कारणले नै सम्भव भईरहेको छ । कानकै सुन्ने शक्तिको कारण हाम्रो जीवन सहज भई रहेको छ । एक छिन कल्पना गर्नुहोस त–हामी कसैले पनि कान सुन्न नसक्ने, बहिरा भयौं भने हाम्रो जीवन कस्तोहोला ?

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ–हाम्रो कानले कसरी सुन्छ भनेर ? अवश्य पनि छैन होला । शायद सवालमा घोत्लिइबस्नु पर्ने जरुरत नै तपाईले कहिल्यै महसुस गर्नु भएन होला । किनभने हामीले कसैले बोलाउँदा वा रेडियो क्यसेट, टिभीबाट गीत संगीत सुन्नु पर्दा बोलाएको वा बटन थिचेको तत्कालै आवाज सुनिहाल्छौं ।

तर वास्तवमा, कुनै पनि ध्वनि पैदा हुनेवित्तिकै हाम्रो कानले त्यत्तिकै सुनिहालेका हुँदैन । त्यो ध्वनि हाम्रो कानले सुन्नु भन्दा पहिला त्यसको तरंगले एउटा निश्चित र लामो प्रक्रिया पुरा गरेको हुन्छ । तर त्यो प्रक्रिया अत्यन्त चाँडो र तीव्र हुने भएकोले हामी सामान्यतः महसुस नै गर्न सक्दैनौ । यसरी कुनै पनि आवाज वा ध्वनि हाम्रो कानले सुन्नको लागि त्यसले पार गर्ने प्रकृया कम रोचक छैन ।

जब कुनै आवाज पैदा हुन्छ, त्यो आवाजको तरंग कानको बाहिरी भागबाट प्रवेश गरेर कनको मध्यभाग हुँदै भित्री भागतिर बढ्छ । त्यसरी प्रवेश गरेको तरंग कानको बाहिरी भागमा रहेको करीब ३ से.मी लामो श्रवण नली हुदै कानको मध्यभागमा रहेको करीव १.५ से.मी. चौडा र त्यत्ति नै लामो साँघुरो गल्ली (additory Canal) पार गरेर कानको मध्य भागमा रहेको पर्दा (Ear drum) मा गएर ठोकिन्छ । कानको पर्दामा ध्वनिको तरंग ठोक्किए पछि पर्दामा कम्पन पैदा हुन्छ ।

त्यो कम्पनले पर्दासंगै रहेको घन जस्तो सानो र लचिलो हड्डीले बनेको अंग (Hammeer) लाई हल्लाउँछ । त्यो ह्यमरले अर्को अंग (Anvil) लाई धकेल्छ र त्यो एन्भिलको अर्को भाग स्टीर अप (Stirrup) पनि भित्री कानमा स्थित कोचलिया (Cochlea) मा रहेको तरल पदार्थमा कम्पन पैदा गराउन थाल्छ । र त्यसरी पैदा भएको कम्पनलाई कोचलिया मा जोडिएर रहेको मसिना रौहरुले ग्रहण गर्छन् । कोचलियामा त्यस्ता श्रवण रौहरु हज्जारै संख्यामा रहेका हुन्छन् । र, त्यसरी ग्रहण गरिएको आवाजहरु विद्युतीय कम्पनको रुपमा रुपान्तरित हुन्छन् । सोही कम्पनको सूचना श्रवण स्नायु (auditory nerve) ले मस्तिष्कमा पुर्‍याउँछ । त्यसरी मस्तिष्कसम्म पुगेको आवाजको तरंगको सुचनालाई मस्तिष्कले आवाजमा परिणत गर्छ त्यसपछि मात्रै हामी ध्वनिको त्यस तरंगलाई आवाजको रुपमा सुन्छौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah